एनसिसीको लाभांश पारित

Read Time = 3 mins

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसिसी) बैंकको शुक्रबार सम्पन्न २५औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कुल १०.९९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको चुक्ता पुँजी ११ अर्ब ५१ करोड ४६ लाख ७८ हजार १४ रुपैयाँ पुगेको छ । साथै साधारणसभाले कुमारी बैंकसँग एक आपसमा गाभ्ने/गाभिने तथा मर्जर तथा प्राप्तिसँग सम्बन्धितका कामकारबाही अनुमोदन र आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारीसमेत दिएको छ ।

दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्नेछ । गत आर्थिक वर्षको असारसम्म एनसिसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ र कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ रहेको छ । गत असारसम्ममा कुमारीको जगेडा कोष चार अर्ब ६४ करोड २९ लाख १७ हजार रुपैयाँ र एनसिसी बैंकको पाँच अर्ब ३२ करोड ३९ लाख नौ हजार रुपैयाँ रहेको थियो । कुमारी बैंकको निक्षेप एक खर्ब ७६ अर्ब ७६ करोड ७६ लाख ६५ हजार रुपैयाँ र एनसिसी बैंकको एक खर्ब ३४ अर्ब ५७ करोड ६० लाख १४ हजार रुपैयाँ गरी कुल तीन खर्ब ११ अर्ब ३४ करोड ३६ लाख ७९ हजार रुपैयाँ पुग्नेछ ।

त्यस्तै, एनसिसी बैंकको कर्जा एक खर्ब २१ अर्ब १९ करोड चार लाख ५० हजार रुपैयाँ र कुमारी बैंकको कर्जा एक खर्ब ५३ अर्ब ३६ करोड आठ सय ९८ लाख १२ हजार रुपैयाँ गरी कुल दुई खर्ब ७४ अर्ब ५६ करोड दुई लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?