यसपालिको निर्वाचन तडकभडक र खर्चिलो बनेन : मानव अधिकार आयोग

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

महोत्तरी । राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशले अघिल्लो निर्वाचनको तुलनामा यसपटक तडकभडक, आमसभा र जुलुसमा न्यूनीकरण भएको निष्कर्ष निकालेको छ । आयोगले अघिल्लो निर्वाचनभन्दा आचारसंहिता उल्लंघनमा पनि कमी आएको निष्कर्ष निकालेको जनाएको हो ।

आयोगले २७-३० कात्तिकसम्म गरेको अनुगमनबाट प्राप्त विभिन्न १८ वटा सकारात्मक र नकारात्मक तथ्यहरूलाई सार्वजनिक गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघन न्यून भएको उल्लेख गर्दै आयोगको संयुक्त अनुगमन टोलीले भारतीय नम्बर प्लेटका गाडीहरू भने प्रचारप्रसारमा प्रयोग गरेको पाइएको जनाएको छ ।

अधिकांश मतदान केन्द्रका रूपमा विद्यालयलाई नै प्रयोग गरेको हुनाले आयोगले ध्यानाकर्षण भएको जनाएको छ । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले निर्वाचनका कारण बालबालिका विद्यालय जान नपाएको विषयलाई गम्भीररूपमा लिएको बताउनुभयो । आयोगले सप्तरीको हातिगंगा भन्ने स्थान कोशीटप्पुबीच रहेकाले संवेदनशील क्षेत्र भएको निष्कर्ष निकाल्दै मतपेटिका मतगणनास्थलसम्म पुर्‍याउन हेलिकप्टरको प्रयोग गर्नुपर्ने सुझाव दिएको छ ।

मधेश प्रदेशमा सुरक्षाका हिसाबले समेत खासै संवेदनशील नभएको आयोगले जनाएको छ । ‘सरकारविरोधी दलहरू प्रशासनको निगरानीमा भएको हुनाले अवाञ्छित गतिविधि नभएको पाइएको हो,’ अनुगमन टोलीकी सदस्य लिली थापाले भन्नुभयो ।

अनुगमन आदिवासी जनजाति आयोगका रामबहादुर थापा, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापा, राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णुमाया ओझा, मधेशी आयोगका कार्यालय प्रमुख मञ्जु खतिवडा र सदस्य जिवछ साहले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
नेकपाको महाधिवेशन स्थानीय तह निर्वाचनपछि, वडा र पालिका अधिवेशनको मिति तय एआईजी दाहाललाई बर्खास्त गर्ने निर्णयबारे गृहमन्त्रीको सचिवालयको स्पष्टीकरण नेपथ्यको कन्सर्टले तताउनेछ दसैँको माहोल, कीर्तिपुरमा अन्तिम तयारी पूरा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त काँग्रेस महाधिवेशनः ५ हजार ६ सय बढी मत खस्यो जलवायु परिवर्तनको असर विश्वसामु पुर्‍याउन खेलकुद प्रभावकारी माध्यम बन्न सक्छ : मन्त्री… हेटौँडामा ठगीको आशङ्कामा तीन जना पक्राउ, ५२ नागरिकताका प्रतिलिपि र ४३ सिमकार्ड… कांग्रेस सभापतिको मतगणना आजै रातिदेखि, ५१ प्रतिशत मत नआए दोस्रो चरणको चुनाव सेन्चुरी मसलाको नयाँ एयरटाइट जार प्याकेजिङ, प्रत्येक जारमा १५ प्रतिशत अतिरिक्त मसला… इनम सापकोटा पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण रिट खारेज