लोकतन्त्रको नमुना

डा. गणेशप्रसाद घिमिरे
Read Time = 17 mins

संसारमा कुनै पनि देशको शासन व्यवस्था आफँैमा नराम्रो हुुँदैन । व्यवस्थाको आफ्नै पहिचान र पद्धति रहेको हुुन्छ । ती पद्धतिका आधारमा कुनै पनि देशको व्यवस्था सञ्चालनमा आएको हुुन्छ । देशका जनता, ती जनतालाई चाहिने सम्पूर्ण आवश्यकतालाई शासकले गतिलो तरिकाले समाधान गर्न सक्यो भने कुनै पनि देशको व्यवस्था दिगो र चिरस्थायी हुने गर्दछ । चिरस्थायी हुँदासाथ व्यवस्थाका हरेक पक्ष र देशका सबै अङ्ग आआफ्ना मान्यतामा चलिरहेका हुुन्छन् । राज्यलाई सञ्चालन गर्ने कार्यपालिका, कानुुन निर्माण गरेर गोरेटो देखाउने व्यवस्थापिका, सबैलाई समान तरिकाबाट न्याय दिने न्यायपालिका सबै सबल बनेर रहेका हुुन्छन् ।

ती सबै अङ्गले सदा नियमपूूर्वक काम गरिहरेका हुन्छन् । यही हो शासन व्यवस्था र त्यसले निर्वाह गर्ने पद्धति पनि । यो पद्दतिलाई भत्काइएन वा भताभुुङ्ग पारिएन भने कुनै पनि व्यवस्था देश र जनताका लागि उपयोगी साबित भएको हुुन्छ । हाम्रो शासन पद्धति प्राचीन परम्परामा आधारित रहेको पद्धति हो । हामीले राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको स्वाद चाखिसकेका छौँ । यहाँसम्म आइपुुग्दा विभिन्न चरणका आन्दोलन र ती आन्दोलनबाट सिर्जित भएका बाधा व्यवधानलाई चिरेर हामी गतिशील बनेका छौँ र शासन व्यवस्था पनि गतिशील बनेर गएको देखिन्छ ।

हाम्रो प्राचीन ग्रन्थ रामायणले रामराज्यको कुरा गरेको छ । महाभारतले युुधिष्ठिरको राज्यलाई र उनले सञ्चालन गरेको व्यवस्थालाई गतिलो मानेको छ । यी दुुवै ग्रन्थले शासक र शासन व्यवस्था कस्तो हुनुुपर्दछ भन्ने कुरालाई मसिनो तरिकाले बाहिर ल्याएका छन् ।

यहाँसम्म आइपुुग्दा कतिपयले निःस्वार्थ भावनापूूर्वक नेपालीका लागि जीवनको आहुुती समर्पित गरे । यो योगदान हामी सबैको हो । व्यवस्थाको हरेक पाटामा देखिएका भावना र शासन सञ्चालनका आधारले गतिलो शासन पद्दतिलाई मानिसले मन पराएका हुुन्छन् । शासक आफ्ना व्यक्तिगत चाहना बिर्सेर जनताका लागि समर्पित बनोस्, राष्ट्रको हितका अघि वैयक्तिक मान्यताले स्थान नपाओस्, आफूू बाँचेका हरेक पल र क्षण देशबासीको उन्नति र भलाइमा खर्चिन सकोस् यो नै असल शासकमा देखिने सुुन्दर गणतन्त्रको नमुना हो ।

यस किसिमका शासन पद्धतिलाई जीवन्त बनाउन हाम्रा प्राच्य धर्मग्रन्थ र शास्त्रहरू निरन्तर लागि रहे । ती ग्रन्थहरूले सदा मानिसको हित, राज्यको भलाइ, जनताको सुुख दुुःखमा समर्पित शासकको कल्पना गरे । यसकिसिमको शासन व्यवस्था भयो भने राज्य सबै आधारबाट सम्पन्न हुने कुराको कल्पना गरे । त्यो कल्पनामात्र थिएन सत्य थियो तत्कालीन समयको ।

समावेशी मन्त्रिपरिषद् :
हाम्रो प्राचीन ग्रन्थ रामायणले रामराज्यको कुरा गरेको छ । महाभारतले युुधिष्ठिरको राज्यलाई र उनले सञ्चालन गरेको व्यवस्थालाई गतिलो मानेको छ । यी दुुवै ग्रन्थले शासक र शासन व्यवस्था कस्तो हुनुुपर्दछ भन्ने कुरालाई मसिनो तरिकाले बाहिर ल्याएका छन् ।

युुधिष्ठिरले शासन चलाउँदा कस्तो प्रकारको मन्त्रिमण्डल आवश्यक पर्दछ भन्ने जिज्ञासा आफ्ना पितामह भीष्मसित राखेका थिए । शासन सञ्चालन आफ्ना लागि होइन । शासन र शासकीय पद्दति जनता र उक्त राज्यमा बसोवास गर्ने नागरिकका लागि हो । त्यसैले शासक वा शासकीय पद्धतिमा कुनै प्रकारको प्रश्नचिहृन उपस्थित नहोस् भन्ने भावना तत्कालीन शासकको मूूल मान्यता थियो । यही सन्दर्भलाई उल्लेख गर्दै युुधिष्ठिरको मन्त्रिमण्डल कस्तो हुनुुपर्दछ भन्ने सन्दर्भमा भीष्मले भनेका छन् :
चतुुरो ब्राहृमणान् वैद्यान् प्रगल्भान् स्नातकान् शूूचीन्
क्षत्रियांश्च तथा चाष्टौ बलिनः शस्त्रपाणिनः ।।
वैश्यान वित्तेन सम्पन्नानेकविंशतिसंख्यकाः
त्रींश्च शूूद्रान् विनीतांश्च शुुचीन् कर्मणि पूूर्वके ।।
वेद विद्याबाट सजिएका विद्वान्, निर्भीक, बाहिर र भित्रबाट एकनाशको व्यवहार भएका स्नातक उत्तीर्ण गरेका चार ब्राहृमण, शारीरिक र मानसिकरूपमा बलवान् आठ क्षत्रीय, धनले सम्पन्न एक्काइस वैश्य तथा पवित्र आचार, विचार, व्यवहारले सम्पन्न तीन शूूद्र मन्त्रिपरिषद्का सदस्य हुुनुु आवश्यक मानिएको छ । यहाँ भीष्मले वर्णाश्रमअनुुसारको व्यवहार र उनीहरूले निवार्ह गर्ने धर्मलाई आधार मानेर मन्त्रिपरिषद्को गठनका कुरा गरेका छन् । ब्राहृमण विद्वान् हुुनुु आवश्यक मानिएको छ ।

नीति र मर्यादाका कुरा प्रधान शासकलाई बताउने र सुुमार्गमा चल्न निर्देशन दिने हुनाले होला ? ब्राहृमणको संख्या भीष्मले चार बताएका छन् । पाखुरामा बल भएका, शस्त्रविद्यामा निपुण, आठ क्षत्रीलाई मन्त्रिमण्डलमा समावेश गर्ने आधार उल्लेख गरिएको छ । धनले पूूर्ण, जीवनलाई चलाउन भ्रष्टाचार गर्नु नपरोस् भन्ने उद्देश्यले एक्काइस वैश्यलाई मन्त्रिमण्डलको अधिकार दिइएको छ । यसका साथै तीन शुुद्रजातिका विनयशील तथा गुुणवान् व्यक्तिलाई मन्त्रिपरिषद्मा समावेश गर्नुपर्ने तर्क भीष्मले राखेका छन् । उनी यतिमा मात्र मन्त्रिपरिषद् पूूर्ण हुने कुरामा विश्वास गर्दैनन् । आठ गुुणले सम्पन्न भएको एक सूूत (जाति विशेष) को व्यक्ति पनि मन्त्रिपरिषद्मा समावेश हुनुुपर्ने तर्कलाई उनले जोरदार रूपमा उठाएका छन् ।
अष्टाभिश्च गुुणैर्युुक्तं सूूतं पौराणिकं तथा
पञ्चाशद्वर्षवयसं प्रगल्भमनसूूयकम् ।।
आठ गुुणले युुक्त, पुराण विद्या जान्ने तर पचास वर्ष आयुु पूरा गरेको व्यक्तिलाई मन्त्रिपरिषद्को सदस्यका रूपमा भीष्मले स्वीकार गरेका छन् । सेवा गर्न सदा तयार रहने, बोलेका कुरालाई ध्यानपूूर्वक सुुन्ने, सोही कुरालाई ठीक तरिकाले सम्झने, कुुन कामको कस्तो परिणाम आउने हो विचार गर्ने, यो कार्य सम्पन्न भएन भने के गर्दा उपयुुक्त हुुन्छ भन्ने विचार र तर्क प्रस्तुुत गर्न सक्ने, काम सम्पन्न नहुुँदा आउने परिणामका लागि तयार रहने, कुनै पनि कुराको जानकारी राख्ने, सो कुराको तत्वलाई गहिरो तरिकाले सम्झने सूूतमा यी गुण अनिवार्य मानिएका छन् । यी गुणलाई पौराणिक गुुण भनिएको छ ।

भीष्मले बताएको मन्त्रिपरिषद् सबै गुुणले सम्पन्न र समावेशी छ । सबैको प्रतिनिधत्व होस् भन्ने भावलाई गतिलो तरिकाले प्रस्तुत गरिएको छ । यसका साथै मन्त्रिपरिषद्मा समावेश गरिने व्यक्ति गुुणवान् हुनुुपर्ने तर्कलाई यहाँ उल्लेख गरिएको छ । यही हो मूूल तरिकाको समावेशीकरण पनि । यहाँको मन्त्री गुुणले सम्पन्न भएर पनि अध्ययनशील र विचारले सजिएको हुनुु अनिवार्य छ । यसभन्दा समावेशी मन्त्रिपरिषद्को कल्पना आजको वैज्ञानिक विश्व राजनीतिले पनि गर्न सकेको छैन । यही हो समावेशी शासन र व्यवस्था पनि ।

न्यायपालिका :
लोकतन्त्र वा संसारको कुनै पनि शासन व्यवस्थामा सबैभन्दा सबल न्यायपालिका मानिएको हुुन्छ । व्यवस्थापिका र कार्यपालिकाले गरेका राष्ट्र हितविपरीत कुरालाई न्यायपालिकाले सजग गराएको हुुन्छ । अतः स्वतन्त्र न्यायपालिकाको कल्पना सबै शासनमा गरिएको हुुन्छ । न्यायाधीश भने दलको बिल्ला नभिरिकन नियुुक्ति हुुुँदैनन् कस्तो स्वतन्त्रता हो यो न्यायपालिकाको । न्यायमा देखिने सन्दर्भलाई लिएर भनिएको छ-
ततः शाक्षीबलं साधुु द्वैधवादकृतं भवेत्
अशाक्षिकमनाथं वा परीक्ष्यं तद् विशेषतः ।।
कुनै किसिमको अभियोग उपस्थिति भएमा वादी र प्रतिवादीका कुरा शासकले सुुन्ने । दुुवैका कुरा सुुनिसकेपछि जसका पक्षमा साक्षी छ त्यसका बारेमा फैसला गर्ने । साक्षी वा प्रमाण भएको अवस्थामा अन्य कुरालाई प्रमाण मानिएको छैन । यो हो न्यायको व्यावहारिक व्यवस्था पनि । यो कुरालाई न्याय व्यवस्थाको धरोहर पनि मानिएको छ । यदि साक्षी छैन र मुुद्दाको पैरवी गर्ने व्यक्ति भएन भने स्वयं प्रधान शासकले आफ्नो विवेकको प्रयोगबाट न्यायलाई पूूर्णता दिनुु अति आवश्यक मानिएको छ ।

प्राचीन शासन प्रणालीमा न्यायव्यवस्था प्रमाणका आधारमा देखिएको छ । दण्ड दिने सन्दर्भमा भनिएको छ-सबै अपराधको सजाय एकनासको हुुँदैन । समानरूपले सजाय दिने पनि होइन । अपराध अनुुसारको दण्ड सजाय तोकिएको छ ।

यो प्राच्य शासन व्यवस्थामा देखापरको न्यायको मान्यता हो । दण्डको भागी छ भने दण्ड दिनुु अनिवार्य मानिएको छ । दण्ड दिइएन भने व्यवस्थामा अनावश्यक झण्झट उपस्थित हुने हुनाले साक्षीलाई नै प्रमाणको आधार मानिएको छ । यो शासन प्रणालीमा न्यायव्यवस्था प्रमाणका आधारमा देखिएको छ । दण्ड दिने सन्दर्भमा भनिएको छ । सबै अपराधको सजाय एकनासको हुुँदैन । समानरूपले सजाय दिने पनि होइन । अपराध अनुुसारको दण्ड सजाय तोकिएको छ ।
अपराधनुुरुपं च दण्डं पापेषुु धारयेत्
वियोजयेद् धनैऋद्धानधनानथ बन्धनै ।।
अपराधी धनी व्यक्ति भए त्यसलाई सम्पत्तिबाट वञ्चित गराउने यदि गरिब छ भने उसलाई बन्दी बनाएर जेल चलान गर्ने व्यवस्थाको सजाय तोकिएको छ । न्याय समान हुनुुपर्दछ । असमान व्यवहार र असमान अवस्थाको न्याय दिन खोजियो भने सर्वसाधारणमा विश्वास हराएर जाने हुनाले यो कुरालाई भीष्मले जोडदार तरिकाले उल्लेख गरेका छन् ।

राजदूूत :
शासन व्यवस्थामा एक अर्का राष्ट्रका बीचमा सुुमधुर सम्बन्ध स्थापित गर्ने व्यक्तिलाई राजदूत भनिएको छ । राजदूूत राष्ट्रका ती दूूत हुन् जसले देशको स्वाभिमान, स्वतन्त्रता, सार्वभौमसत्तासित कहिले पनि सम्झौता गर्न जान्दैनन् र गर्दैनन् पनि । त्यसैले राजदूूतलाई कूटनीतिज्ञ मानिएको छ । आफ्नो देश र छिमेकी मुुलुुकसित दौत्य सम्बन्ध स्थापित गर्नका लागि राजदूत एक बलियो आधार हुने गरेको छ राज्यका लागि । त्यो राजनीतिक नियुुक्ति होइन । कुनै शासकको सनकका भरमा राजदूत नियुुक्ति गर्ने परम्पराले देशको स्वाभिमान र स्वतन्त्रतामा हानी हुने गरेको देखिन्छ । भीष्मले राजदूूतको पनि योग्यतालाई बाहिर ल्याएका छन् ।
कुलीनः शीलसम्पन्नो वाग्मी दक्षः प्रियंवदः
यथोक्तवादी स्मृतिमान् दूूतः स्यात् सप्तभिर्गुणैः ।।
कुलीन, शीलवान्, वाचाल, चतुर, मिठो बोल्ने, सन्देशलाई जस्ताको त्यस्तै प्रस्तुुत गर्न सक्ने, स्मरण शक्तिबाट सम्पन्न व्यक्तिलाई राजदूतका रूपमा स्वीकार गरिएको छ । यो प्राचीन मान्यताको शासन पद्धति हो । यही पद्धतिमा रहेर शासक जहिले पनि आफूलाई राज्यप्रति समर्पित गर्न सबल रहेको हुुन्छ । यही आधारमा देशको वा राष्ट्रको व्यवस्था सदा गतिशील बनेर रहेको देखियो । यी हाम्रा प्राचीन मान्यता हुन् । आजको शासन पद्दतिमा पनि यही प्रकारका कुरालाई समावेश गर्न सकियो भने कहीँ कतैबाट शासन व्यवस्था र शासकप्रति औँला ठडिने थिएनन् । हामी शासन व्यवस्थाका हरेक अङ्गमा परिवर्तन खोजिरहेका छौँ । परिवर्तन पनि भएको छ तर त्यो परिवर्तन जनता र नेपालीलाई सुुहाउँदो अवस्थाको हुन सकेन ।

राजनीति गर्ने व्यक्तिको जीवनशैली सम्भ्रान्त बन्दै गयो । साधारण नेपालीको जीवनशैली विदेशी भूूमिमा समर्पित बन्यो । महाभारतमा उल्लेख गरिएका सबै शासन व्यवस्थालाई अवलम्बन गर्न नसकिए पनि केही देखिएका मौलिक र गर्न सकिने आधारलाई हामीले जीवनशैलीमा तथा राजनीतिका भावनामा उतार्न सक्यौँ भने प्रत्येक व्यवस्था सबल र सक्षम हुने थिएन र ? तर, कठै ! मेरो देशको राजनीति र राजनेता । केही गर्न सकेनन् । सके आफू बलियो, धनवान् हुन र आफ्नालाई पोस्न ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?