पुस्तक : विष्णु ओलीको ‘ब्युँझेको कुम्भकर्ण’

✍️ सुशीला घिमिरे

साहित्यकार विष्णु ओलीको समसामयिक चिन्तन संग्रह ‘ब्युँझेको कुम्भकर्ण’ हालै प्रकाशित भएको छ । श्रीमती देवी ओली प्रकाशक रहेको यस पुस्तकको सर्वाधिकार लेखक ओलीमै रहेको छ । २०७९ सालमा प्रकाशित भएको यस पुस्सतकको पहिलो संस्करण हो यो र यस संस्करणमा ५०० प्रति प्रकाशित भएको छ । जनसेवा प्रिन्टर्स एन्ड ट्रेडर्स प्रा.लि.अनामनगरमा यसको मुद्रण भएको छ । डिएमआई साइजमा छापिएको यस पुस्तकमा पहेंलो हलुका कागजको प्रयोग भएको छ । पुस्तकको छपाइ स्तरीय छ । अशुद्धिहरू कमै मात्र पाइन्छन् । पुस्तकमा आवरणबाहेक १४+८२ गरी जम्मा ९६ पृष्ठ रहेका छन् र मूल्य १५० रुपैयाँ छ ।

पुस्तकको आवरण पुस्तकको शीर्षक अनुसारकै छ । यहाँ कुम्भकर्णको स्केच रहेको छ र जसमा हनुमानले विशाल ढुंगो उचालेर प्रहार गर्न लागेको देखाइएको छ । माथि पुस्तकको शीर्षक सेता ठूला अक्षरमा र त्यसमुनि साना सेता अक्षरमा ‘समसामयिक चिन्तन’ भनिएको छ । तल लेखकको नाम दिइएको छ । आवरण कलेजी रंगमा दिइएको छ । आवरणको भित्रपट्टि प्रकाशिका श्रीमती देवी ओलीको फोटो दिइएको छ र सम्पूर्ण राष्ट्रवादी नेपालीहरूमा समर्पण गरिएको छ । पृष्ठ आवरणमा लेखक विष्णु ओलीको फोटो र यही पुस्तकका भूमिका खण्डमा केही विदानहरूले बोलेको कुराका केही महत्वपूर्ण अंशहरू उद्धृत गरिएको छ ।

वर्तमान परिवेशमा समसामयिक राजनीति, समाज व्यवस्था, प्रशासन, आर्थिक प्रणाली आदिमा देखिएका विभिन्न बेथिति तथा तिनले पारेका प्रभाव यस संग्रहमा उतारिएको छ । यहाँ केवल चिन्तन मात्र छैन त्यसबाट उत्पन्न परिस्थितिलाई देखाउँदै र केलाउँदै त्यसबाट सिर्जना हुने परिणातर्फ पनि संकेत गरेको छ ।

यहाँ प्रा.डा. सुरेन्द्र केसी, डा.मधुसूदन लामिछाने र डा.इन्दुल केसीका भनाइहरू उद्धृत गरिएका छन् । पृष्ठ आवरणको भित्रपट्टि यस पुस्तकका लेखक विष्णु ओलीको परिचय दिइएको छ । जसअनुसार उहाँ सतिघट्टा झापामा पिता रामप्रसाद ओली र माता देवीमाया ओलीका सुपुत्रका रूपमा जन्मिनुभएको हो भन्ने थाहा हुन्छ । कानुनमा स्नातक ओलीले स्वदेशका ५५ जिल्ला र विभिन्न नौवटा देशको भ्रमण गर्नु भएको कुरा थाहा पाइन्छ । यसपहिले उहाँका तीनवटा पुस्तक प्रकाशित भइसकेका छन् । उहाँ विभिन्न चारवटा संघसंस्थामा आबद्ध रहनुभएको जानकारी यहाँबाट प्राप्त हुन्छ । यसैगरी उहाँ विभिन्न सातवटा संस्थामा आजीवन सदस्य रहनुभएको कुरा यही पृष्ठमा जानकारी गराइएको छ ।

आवरण पृष्ठमा रनजनीतिक विश्लेषक प्रा.डा.सुरेन्द्र केसीको ‘भूमिका’, डा.मधुसूदन लामिछानेको ‘ब्युँझेको कुम्भकर्णको सूक्ष्म दृष्टिकोण’, डा.इन्दुल केसीको ‘शुकामना’ र लेखक ओलीको ‘मेरो भन्नु (लेखकीय)’ रहेका छन् । यसपछि विषयसूची दिइएको छ । उहाँले यहाँ विभिन्न सैंतीसवटा सन्दर्भ वा आलेख समावेश गर्नुभएको छ । यी आलेखहरूको शीर्षक दिइएको छैन । शीर्षक दिएर शीर्षकबाटै पनि ती पाठ्य विषयको संकेत दिइएको भए अझै उपयुक्त हुनेथियो ।

यसले गर्दा यो कुनै औपन्यासिक कृति हो कि जस्तो लाग्न सक्छ तर आवरणमै ‘समसामयिक चिन्तन’ भनिएको हुँदा यो उपन्यास होइन चिन्तनको पुस्तक हो भन्ने थाहा पाइन्छ । वर्तमान परिवेशमा समसामयिक राजनीति, समाज व्यवस्था, प्रशासन, आर्थिक प्रणाली आदिमा देखिएका विभिन्न बेथिति तथा तिनले पारेका प्रभाव यस संग्रहका विभिन्न आलेखमा उतारिएको छ । समसामयिक चिन्तनले केवल चिन्तन गरेको मात्र छैन त्यसबाट उत्पन्न परिस्थितिलाई देखाउँदै र केलाउँदै त्यसबाट सिर्जना हुने परिणातर्फ पनि संकेत गरेको छ ।
यतिले मात्र पनि चिन्तनले पूर्णता पाउने होइन, त्यसको समाधान वा सुझाव दिनु लेखकीय धर्म हुन आउँछ । त्यसतर्फ लेखक ओली चनाखो देखिनु भएको छ । उहाँले हाम्रा व्यवहारबाट उत्पन्न परिस्थितिको समाधान पनि औल्याइदिनु भएको छ । लेखक विष्णु ओलीलाई पुस्तकका लागि बधाई तथा सफलताको शुभकामना । यसका साथै आगामी दिनहरूमा उहाँका कृतिहरू निरन्तरआइरहून् भन्ने कामनाका साथ अग्रिम शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?