पुस्तकः डा. डीआर उपाध्यायको कसुरभित्र रुमलिँदा

हिमालय टाइम्स
Read Time = 9 mins

✍️ अरुणबहादुर खत्री ‘नदी’

नेपाली उपन्यासको फाँटमा स्थापित नाम हो डा.डीआर उपाध्याय खनाल । उपन्यास लेखन समकालीन नेपाली साहित्यको लोकप्रिय विधा बनेको छ । धेरैले पढ्न रुचाउँछन् उपन्यास । धेरैले पढ्न रुचाउने विधा भएकाले केही वर्ष यता थुप्रै औपन्यासिक कृतिहरू प्रकाशित भएका छन् । साहित्यको बजार नै उपन्यासले तताएको छ भन्दा पनि अत्युक्ति नहोला । यसो भन्नुको आशय यो होइन कि अन्य विधाले हामीलाई तताएका छैनन् । लेखकहरूले उपन्यास लेख्न रुचाएका छन् ।

२०७९ सालमा कसुर नामक उपन्यास निकाल्न डा.डीआर उपाध्याय खनाल सफल भएका छन् । भाग एकमा ललितपुरको भैसेपाटी हाइटमा ठडिएको अत्याधुनिक प्रविधिबाट नवनिर्मित दुईतले वैभवशाली ईशान भवन । करिब दुई रोपनी जग्गामा फूलबारी तथा विभिन्न प्रजातिका बोट–बिरुवाबीच रहेको सो भवन गुलाबी, नीलो, पहेलो पेन्ट प्रयोग गरी अत्यन्त आकर्षक पारिएको थियो भनिएको छ । भाग चारमा पिता भास्कर जनकपुर नजिकैको जटही गाउँबाट जनकपुर आएका थिए । उनको पुख्र्यौली घरजग्गा अझैँ पनि जहटीमा थियो । भास्कर जनकपुर–जयनगर रेलवेका प्राविधिक कर्मचारी थिए भनिएको छ । गीतकार, कवि तथा उपन्यासकार उपाध्यायको कसुर उपन्यास चौधौं कृति हो । यस कृतिभन्दा अगाडि उनका तेह्रवटा कृतिहरू प्रकाशित भइसकेका छन् ।

उपन्यासका सकारात्मक पात्रहरू जो उपन्यासमा समेटिएका छन् ती सुरुदेखि अन्त्यसम्म कौतुहलता जन्माउन सफलमात्र नभएर एउटा पात्रले अर्को पात्र सामु सानो भएकाले मर्यादाका सुकुमार शब्दहरू पस्केर आदरपूर्वक सम्मान दर्शाउनु अर्को सफल पक्ष मान्न सकिन्छ ।

भाग पाँचमा गणित विषय पढाउने शिक्षक नआएको सूचना पाएपछि उत्साहित बनेका कक्षाका विद्यार्थीहरू हुरिँदै बाहिर निस्किन थाले । आपसमा कुराकानी गर्दै कोही क्यान्टिन, कोही लाइब्रेरी, कोही कलेज परिसरतर्फ लागे । एकछिनमै कक्षा सुनसान हुन पुगेछ । यो उपन्यास मूलतः विविधतायुक्त प्रेमको सेरोफेरोमा आधारित छ । सुरुमा कृतिमा प्रवेश गर्ने बित्तिकै आहान, विपुल, इलिशा र जियाको भ्रमपूर्ण प्रेमको झलक पाइन्छ । यो प्रेम पानीको फोकासरह हो भनेर जान्दा-जान्दै पनि उपन्यासकारले वर्तमानमा समाजमा उम्रिएको यो रोगलाई समाजमा सचेतना जगाउनको लागि उल्लेख गरेको भन्दाखेरि कतै विपत्ति नहोला ।

भाग आठमा आफूमा आएको परिवर्तन आहान बुबाआमा तथा साथीहरूसँग लुकाउन विपुललाई कठिन भयो । उदयासँग प्रभावित भएर उर्लिएका नितान्त नवीन भावनाका तुफानलाई कसैलाई सुनाएर व्याकुलता शान्त पार्ने मन त थियो तर यसबाट केही समस्या आइलाग्ने उसले उक्त अनुभवलाई गोप्य राख्नुमै बुद्धिमानी ठान्यो भनिएको छ । भाग बाह्रमा उदयाले बिपुलका सर्टका टाँक फुकालेर उसको वलिष्ठ वक्षस्थलमा हत्केलाले सुम्सुम्याउन थालिन् । बिपुलले उदयाको फ्रकमाथि सार्न थालेको कुरालाई उल्लेख गरिएको छ ।

भाग तेह्रमा आहानलाई पछिल्ला दिनहरूमा विपुलको मनोनशामा देखिएको उथलपुथल र त्यसमा निहित रहस्यात्मक पोकाहरू फुकाउने इच्छा जागृत भएको छ । यस उपन्यासको भाग पन्ध्रमा विपुलको मनमा छटपटी हुन थालेको छ अनि केही कुरा गम्न थालेको छ । भाग अठारमा आहान र विपुलले दुबैतिरका झ्यालको सिसा झारेर मनोरम दृश्य अवलोकन गर्दै शीतल बतासको आनन्द लिइरहेका छन् ।

बाल्यकालदेखि वृद्धावस्थासम्म जानी नजानी व्यक्तिबाट अनेकौं कसुर हुने गर्दछन् । केही कसुरका लागि उसले सामान्यदेखि गम्भिर प्रकृतिका सजाय पाउने गर्दछ भने केहीमा समाजले नजरअन्दाजसमेत गरिदिन्छ । भाग पच्चिसमा धेरै राम्रो भयो तिमीहरूलाई घरबाहिर रहँदा पनि आमाको कमी महसुस गर्नु परेन छ मानषीले मुस्काएर भनेकी छन् । भाग अठ्ठाइसमा विपुल आश्चर्यचकित भयो । उसले सोचेको थियो ऊ काठमाडौं जाने कुरा सुनेपछि उदया निकै निराश उदास होलिन् तर अनुमानविपरीत उदया हर्षित भइरहेको देखेपछि क्षणिक उसलाई विश्वास लागेन भनिएको छ ।

समग्रमा यो उपन्यास राम्रै छ । सबैभन्दा लेखकको मजबुत पक्ष भनेको एउटा विषयको घाँटी अठ्याएपछि अन्त्यसम्म पनि घाँटी नछोडी उपन्यासलाई टुङ्ग्याउनु हो । यो विशेषता थोरै मात्र साहित्यकारमा पाइन्छ । प्रायः साहित्यकारहरूले कथा वस्तुलाई घुमाएर वा सान्दर्भिकभन्दा भिन्न कुरा लेखेर पुस्तकको पृष्ठ बढाउनमा केन्द्रित भएका हुन्छन् । उपन्यासका शब्दहरू सरल, सहज र अत्यन्त व्यावहारिक भएकाले जुनसुकै हैसियतका पाठकले पनि बुझ्न सक्ने र पचाउन सक्ने खालका छन् ।

केही कसुरका लागि उसले सामान्यदेखि गम्भिर प्रकृतिका सजाय पाउने गर्दछ भने केहीमा समाजले नजरअन्दाजसमेत गरिदिन्छ । भाग पच्चिसमा धेरै राम्रो भयो तिमीहरूलाई घरबाहिर रहँदा पनि आमाको कमी महसुस गर्नु परेन छ मानषीले मुस्काएर भनेकी छन् । भाग अठ्ठाइसमा विपुल आश्चर्यचकित भयो ।

उपन्यासका सकारात्मक पात्रहरू जो उपन्यासमा समेटिएका छन् ती सुरुदेखि अन्त्यसम्म कौतुहलता जन्माउन सफलमात्र नभएर एउटा पात्रले अर्को पात्र सामु सानो भएकाले मर्यादाका सुकुमार शब्दहरू पस्केर आदरपूर्वक सम्मान दर्शाउनु अर्को सफल पक्ष मान्न सकिन्छ । भाषा सरल र स्पष्टता रोचक शैलीले यो उपन्यास निकै राम्रो मान्नैपर्छ ।

समग्रमा कसुर उपन्यास नेपाली समाजको प्रतिबिम्बको रूपमा उभिएको छ । यसका पात्रहरू सबै नेपाली जनजीवनका वास्तविक पात्रहरूका रूपमा उभिन सफल भएका छन् । उपन्यासको केही कमजोरीहरू हटाएर भन्नुपर्दा कसुर समाजका अन्तर सम्बन्ध र संरचनाहरूको सटिक प्रतिबिम्बन गर्न सफल छ । आधुनिक नेपाली उपन्यासको आरम्भ नै रुद्रराज पाण्डेको रूपमती उपन्यासबाट भएको हो । रूपमतीले अघि सारेको आदर्शउन्मुख यथार्थवादी औपन्यासिक चिन्तन-धारालाई तादी किनारको गीतले प्रष्टसँग पछ्याएको अनुभूत हुन्छ । अन्त्यमा उपन्यासकार डा.डीआर उपाध्याय खनालको कलमले नेपाली समाजका अन्य अँध्यारा पक्षको अनुशीलन गर्दै नयाँ कृतिहरू जन्माउन सकोस् भन्ने अपेक्षा राख्दछु ।

पुस्तक : कसुर (उपन्यास)
लेखक : डा.डीआर उपाध्याय खनाल
प्रकाशक : शिखाबुक्स
मूल्य : रु.४२५।-
संस्करण : पहिलो २०७९
पृष्ठ : १७२
मूल्य : रु.२०५।-

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?