नेपाल टी-२० लिगको खेल तालिका सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल टी-ट्वान्टी लिगको तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ ‘क्यान’ लिगको तालिका सार्वजनिक गरेको हो। कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो पहिलो संस्करणको टी-ट्वान्टी लिग मंसिर २६ बाट सुरु हुनेछ। लिग एक महिनासम्म पुस १६ गतेसम्म चल्नेछ।

एक महिनामा ३४ खेल हुनेछन्। सबै खेल डबल राउन्डमा हुने क्यानले जनाएको छ। लिग चरणका प्रत्येक खेल दिनमा दुई वटा हुनेछन् भने प्लेअफको खेल दिनमा एउटा मात्र हुनेछ।

क्यानले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार डिसेम्बर १२ (मंसिर २६) बाट सुरू हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो संस्करणको लिगका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । मंसिर २६ बाट पुस १६ सम्म आयोजना हुने प्रतियोगितामा काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार गरि ६ टिमको सहभागिता रहेको छ । कुल ३४ खेल हुने प्रतियोगिता डबल राउन्डमा हुनेछ ।

t-20 league

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?