दुर्घटना हुँदा पत्रकार कँडेलको निधन

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 1 min

बुटवल । पत्रकार एनवि (नरबहादुर) कंडेलको निधन भएको छ । रुपन्देहीमा कृयाशिल पत्रकार कंडेलको शुक्रबार राती दुर्घटनामा परि मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुटवलदेखि भैरहवा तर्फ जाँदै गरेको लु ४४ प ८२०१ नम्बरको मोटरसाइकलमा सवार कंडलेलाई सोही दिशा तर्फ जादै गरेको लु १ क ५२७६ रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी) ले सिद्धार्थ राजमार्गमा पर्ने रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकीनगरमा ठक्कर दिएको थियो ।

३५ वर्षीय कँडेलको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो। ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?