बाँकेका १ सय १४ वटा मतदान केन्द्र अति संवेदनसिल, सिमा क्षेत्र बन्द

फाइल तस्वीर

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 3 mins

बाँके । आसन्न मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको लागि बाँके र बर्दियाका १ सय १४ वटा मतदानस्थल अति संवेदशिल भएको सुरक्षाअधिकारीहरुले बताएका छन ।

मंसीर ४ गते हुने निर्वाचनका लागि बाँकेमा १ सय ८० वटा मतदान स्थल तथा ३ सय ८० वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय बाँकेका जिल्ला निर्वाचन अधिकारी रमा पन्तले बताउनु भयो । उहाँकाअनुसार बाँकेमा यसपटक १ लाख ६३ हजार ३ सय ६९ महिला , १ लाख ६८ हजार पुरुष र ९ जना अन्य गरी जम्मा ३ लाख ३२ हजार २ सय ३१ जना मतदाताहरु रहेका छन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक श्यामकुमार अधिकारीले १ सय १४ वटा मतदान केन्द्र अति संबेनशिल भएको र संवेदशिल २० वटा मतदान केन्द्र रहेको बताउनु भयो । उहाँकाअनुसार अन्य सामान्य रहेका छन ।

यसै गरी बर्दियामा १ सय ५४ वटा मतदान स्थल र ३ सय ७८ वटा मतदान केन्द्र तोकिएको छ ति मध्ये २९ वटा मतदान केन्द्र संवेदनशिल रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक विरेन्द्रबहादुर शाहिले बताउनु भयो । बर्दियामा १ लाख ५८ हजार ६ सय ६२ जना महिला, १ लाख ५२ हजार ७ सय ४२ जना महिला र ६ जनामतदाता गरी जम्मा ३ लाख ११ हजार ४ सय १० जनामतदाताहरु रहेका छन । निर्वाचन स्थल र मतदान केन्द्रको सुरक्षाका लागि प्रहरी पहिलो लाइनमा रहने भएको छ ।

सुरक्षा अधिकारीहरुका अनुसार ढुक्क भएर आफुले चुनेको उम्मेदवारलाई मतहाल्न आग्रह समेत गरेका छन । अति संवेदनशिल भएका मतदान केन्द्रमा कुनै किसिमको घटना हुन नदिन आफुहरु सजग भएको सुरक्षा अधिकारीहरुको भनाई छ । भारत संग सीमा जोडिएका यी दुवै जिल्लामा हुने सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै १ गते राति १२ वजे देखि सिमानाका बन्द गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?