सप्तरीमा ४ लाख १८ हजार ३ सय ७४ मतदाता

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 5 mins

राजविराज । सप्तरीका ४ लाख १८ हजार ३ सय ७४ मतदाताले मंसिर ४ गते भोलि (आइतबार) हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान गर्दैछन् ।

जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार जिल्लामा २ लाख १७ हजार २ सय ८२ पुरुष, २ लाख १ हजार ७१ महिला र २१ जना अन्य गरि ४ लाख १८ हजार ३ सय ७४ मतदाता रहेका छन् ।

निर्वाचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले जिल्लाका ४ वटै निर्वाचन क्षेत्र मध्ये सबै भन्दा बढी क्षेत्र नं. १ मा १ लाख १३ हजार १ सय ९५ जना मतदाता छन भने सबै भन्दा कम क्षेत्र नंं. २ मा ९५ हजार ३ यस ९४ मतदाता रहेको जानकारी दिनु भएको छ ।

यस्तै निर्वाचन कार्यालयका अनुसार जिल्लाका १८ वटै स्थानीय तह मध्ये सबै भन्दा बढी राजविराज नगरपालिकामा २१ हजार ६ सय ८० पुरुष, १९ हजार ४ महिला र २ अन्य गरि ४० हजार ६ सय ८६ तथा सबै भन्दा कम बलान बिहुल गाउँपालिकामा ७ हजार ६ सय ८९ पुरुष, ६ हजार ८ सय ९ महिला गरि १४ हजार ४ सय ९८ मतदाता रहेको जानकारी दिएको छ ।

यसैगरी अग्निसाइर कृष्णासवरण गाउँपालिकामा ९ हजार ३ सय ३५ पुरुष, ९ हजार ५ सय ५२ महिला र ४ अन्य गरि १८ हजार ८ सय ९१, कञ्चनरूप नगरपालिकामा १८ हजार २ सय ९४ पुरुष, १७ हजार ८ सय ३६ महिला र ४ अन्य गरि ३६ हजार १ सय ३४, खडक नगरपालिकामा १५ हजार ८ सय ३६ पुरुष, १६ हजार १ सय ५७ महिला र ४ अन्य गरि ३१ हजार ९ सय ९७, छिन्नमस्ता गाउँपालिकामा ९ हजार ६ सय ८५ पुरुष, ८ हजार २ सय ३३ महिला गरि १७ हजार ९ सय १८, डाक्नेश्वरी नगरपालिकामा १५ हजार १ सय ८९ पुरुष, १३ हजार ५ सय २८ महिला गरि २८ हजार ७ सय १७ तथा तिरहुत गाउँपालिकामा ७ हजार ७ सय ९७ पुरुष, ६ हजार ९ सय ७४ महिला गरि १४ हजार ७ सय ७१ मतदाता रहेका छन् ।

जिल्लाकै तिलाठी कोइलाडी गाउँपालिकामा १० हजार ६ सय ४३ पुरुष, ९ हजार १ सय २५ महिला गरि १९ हजार ७ सय ६८, बोदे बरसाइन नगरपालिकामा १४ हजार ९ सय ५३ पुरुष, १३ हजार ७ सय ५२ महिला गरि २८ हजार ७ सय ५, महादेवा गाउँपालिकामा ९ हजार २९ पुरुष, ७ हजार ९ सय ९३ महिला गरि १७ हजार २२, राजगढ गाउँपालिकामा ९ हजार ९ सय ६४ पुरुष, ८ हजार ६ सय ६४ महिला गरि १८ हजार ६ सय २८, रुपनी गाउँपालिकामा ९ हजार ५ सय ७७ पुरुष, ८ हजार ७ सय ९ महिला र एक अन्य गरि १८ हजार २ सय ८७, विष्णुपुर गाउँपालिकामा ८ हजार १ सय २० पुरुष, ७ हजार २७ महिला र एक अन्य गरि १५ हजार १ सय ४८ मतदाता रहेको जनाइएको छ ।

त्यस्तै शम्भुनाथ नगरपालिकामा ११ हजार ९ सय ८६ पुरुष, १२ हजार १ सय २२ महिला र ४ अन्य गरि २४ हजार १ सय १२, सप्तकोसी नगरपालिकामा ७ हजार ६ सय ८९ पुरुष, ७ हजार ७ सय ६५ महिला गरि १५ हजार ४ सय ५४, सुरुङ्गा नगरपालिकामा १४ हजार ७ सय २ पुरुष, १४ हजार ९ सय ९० महिला र एक अन्य गरि २९ हजार ६ सय ९३ र हनुमाननगर कंकालिनी नगरपालिकामा १५ हजार १ सय १४ पुरुष, १२ हजार ८ सय ३१ महिला गरि २७ हजार ९ सय ४५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?