मतदातालाई भ्रमित पार्ने सूचना सामग्री सम्प्रेषण नगर्न प्रेश काउन्सिलको आह्रवान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान प्रक्रियालाई बिथोल्ने गरी सञ्चार माध्यममार्फत सूचना सामग्री सम्प्रेषण नगर्न प्रेश काउन्सिल नेपालले आह्रवान गरेको छ ।

काउन्सिलले आज एक विज्ञप्ती जारी गर्दै त्यस्ता सूचान प्रकाशन प्रसारण भएको पाइएमा विद्युतीय अपराधसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया बढाउने सचेत समेत गराएको छ ।

आज बिहानैदेखि विभिन्न सञ्चार माध्यमको माष्ट हेड प्रयोग गरी गलत समाचार सम्प्रेषण भएको विषयलाई ईंकित गर्दै काउन्सिलले यस्तो आह्वान गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?