गौतम उपाध्यक्षमा मनोनित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । टेबलटेनिस वरिष्ठ प्रशिक्षक शंकर गौतम एसियाली टेबलटेनिस युनियनको उपाध्यक्षमा मनोनित हुनुभएको छ । गौतमलाई थाइल्याण्डको बैंककमा भएको युनियनको विशेष साधारणसभाले उपाध्यक्षमा मनोनित गरेको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाउनुभएको छ ।

सो सधारणसभामा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य सहभागी हुनुभएको थियो । गौतमको कार्यकाल भने सेप्टेम्बरदेखि मात्र लागू हुने प्रथम उपाध्यक्ष वज्राचार्यले जानकारी गराउनुभयो । गौतम दक्षिण एसियाली टेबलटेनिस महासंघका महासचिव पनि हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?