मानेले विश्वकप गुमाउने

हिमालय टाइम्स
Read Time = 1 min

दोहा । सेनेगलका कप्तान तथा महत्वपूर्ण फरवार्ड साडियो मानेले विश्वकप गुमाउनुहुने भएको छ । दुई साताअघि जर्मन बुन्डेसलिगा दौरान वेर्डर ब्रेमेनविरुद्धको खेलमा चोट बोक्नुभएका कप्तान मानेलाई सेनेगल फुटबल फेडेरेसनले चोटका बाबजुद टोलीमा समावेश गरेको थियो । तर, बिहीबार उहाँको खुट्टाको शल्यक्रिया भएपछि उहाँले विश्वकपका सबै खेल गुमाउने पक्का भएको हो ।

दुईपटकको अफ्रिकन फुटबलर अफ द इयर माने सेनेगलका आइकन हुनुहुन्छ । उहाँले सेनेगललाई अफ्रिका कप अफ नेसन्सको च्याम्पियनसँगै विश्वकपमा पु¥याउनुभएको थियो । दुवै खेलमा सेनेगलले इजिप्टलाई टाइब्रेकरमा पराजित गर्दा मानेले विजयी पेनाल्टी गोल गर्नुभएको थियो ।

सेनेगलले सोमबार नेदरल्याण्ड्सविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्दैछ । समूह ‘ए’ मा रहेको सेनेगलले आयोजक कतारसँग २५ नोभेम्बरमा तथा इक्वेडरसँग २९ नोभेम्बरमा खेल्नेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?