काठमाडौं । चर्चित पेजेन्ट कोरियोग्राफर अश्विनी झालाई क्वालिटी इन्टरटेनमेन्ट अवार्डको दोस्रो संस्करणमा यस वर्षको ‘राष्ट्रिय वर्ष व्यक्ति सम्मान’ बाट सम्मानित गरिएको छ । राष्ट्रिय नाचघर जमलमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि प्रथम उपराष्ट्रपति परमानन्द झासहित आयोजक संस्था क्वालिटी फिल्मसका अध्यक्ष उमेश गुरुङ, कलाकार संघका उपाध्यक्ष मोहन निरौला लगायतले दोशल्ला र सम्मान-पत्रसहित झालाई सम्मानित गर्नुभएको थियो ।
समारोहमा आयोजक संस्थाका प्रमुख उमेश गुरुङले नेपाली सौन्दर्य प्रतियोगिता तथा फेसन कोरियोग्राफीमा एक दरिलो खम्बाको रूपमा अडिग र पृथक पहिचान बनाउन सफल कोरियोग्राफर अश्विनी कान्त झालाई नेपाली फेशन तथा पेजेन्ट जगतमा पुर्याउनु भएको अतुलनीय योगदानलाई कदर गर्दै सम्मानित गर्न पाएकोमा निकै खुशी लागेको बताउनुभयो ।
राष्ट्रिय नाचघर जमलमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि प्रथम उपराष्ट्रपति परमानन्द झासहित आयोजक संस्था क्वालिटी फिल्मसका अध्यक्ष उमेश गुरुङ, कलाकार संघका उपाध्यक्ष मोहन निरौलालगायतले दोशल्ला र सम्मान-पत्रसहित झालाई सम्मानित गर्नुभएको थियो ।
यसअघि नेपाली कला क्षेत्रमा कोरियोग्राफीका माध्यमले पुर्याएको योगदनलाई मूल्यांकन गर्दै नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट प्रदान गरिने ‘राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७’ का विजेता कोरियोग्राफर अश्विनीलाई मधेश प्रदेश सरकार महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयबाट ‘मधेशका मान’ सम्मानसहित नेपाल म्युजिक एण्ड फेशन अवार्डमा ‘बेस्ट कोरियोग्राफर’लगायत अन्तर्राष्ट्रिय स्तरमा सिंगापुरमा गोल्डेन ब्राण्ड अवार्डबाट पनि सम्मानित भइसक्नु भएको छ । लामो समयदेखि पेजेन्ट तथा फेशन कोरियोग्राफरको रूपमा आफ्नो उत्कृष्टता प्रदान गर्दै आउनुभएका झाले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डका साथै सम्मान प्राप्त गर्नुभएको छ । ब्यूटी पेजेंट असोसीएसन अफ नेपालका संस्थापक सदस्य, अश्विनी फेशन डिजाईनर काउन्सिल अफ नेपालका सल्लाहकारसमेत हुनुहुन्छ । कोरियोग्राफर अश्विनी वर्तमान समयमा नेपालका निकै व्यस्त तथा सफल कोरियोग्राफरमा पर्नुहुन्छ ।
कार्यक्रममा अन्य विभिन्न व्यक्तित्वलाई पनि आ-आफ्नो क्षेत्रमा पुर्याउनु भएको बिशेष योगदानलाई कदर गर्दै सम्मान गरिएको थियो । यस वर्षको क्वालिटी इन्टरटेनमेन्ट लाइफ टाइम एचिभमेन्ट अवार्ड वरिष्ट ध्वनि सम्पादक दीका गुरुङलाई प्रदान गरिएको थियो भने चलचित्र तथा संगीत पत्रकारिता पुरस्कार पत्रकार डब्बु क्षत्रीलाई प्रदान गरिएको थियो ।
यस्तै, अभिनेता धीरेन शाक्यलाई विशेष सम्मानका साथै मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई वर्षको उत्कृष्ट मेकअप आर्टिष्ट सम्मान, साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’, संगीतकार राजेन्द्र बजगाई, संगीत संयोजक राजु खड्का, सञ्चार व्यवसायी सुमित प्रताप जबरा, ज्येष्ठ समाजसेवी वेदीनारायण खापुङ लिम्बूलगायत अन्य व्यक्तित्वलाई सम्मान प्रदान गरिएको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि