११ वाणिज्य बैंकद्वारा लाभांश प्रस्ताव

Read Time = 3 mins

काठमाडौं । गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने वाणिज्य बैंकको संख्या ११ पुगेको छ । हालसम्म बैंक अफ काठमाण्डु, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, ग्लोबल आइएमई, कुमारी, नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी), नेपाल इन्भेष्टमेन्ट, सानिमा, सिटिजन्स, प्रभु र मेगा बैंकले लाभांश घोषणा गरेका हुन् । हालसम्म नबिल बैंक, एनआइसी एसिया, हिमालयन बैंक, कृषि विकास, नेपाल बैंक, प्राइम, एनएमबी, सिद्धार्थ, माछापुच्छ्रे, लक्ष्मी, सनराइज, नेपाल एसबिआई, सेञ्चुरी, सिभिल र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले लाभांश घोषणा गरेका छैनन् । गत आवको मुनाफाबाट सबैभन्दा धेरै लाभांश बैंक अफ काठमाण्डुले छ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद गरी कुल २०.९५ प्रतिशत लाभांश प्रदान गरेको छ । एभरेष्ट बैंकले पनि आवको मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.६८ प्रतिशत नगद गरी कुल २०.६८ प्रतिशत लाभांश प्रदान गरेको छ ।

गत आवबाट स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चुक्ता पुँजीको १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । ग्लोबल आइएमई बैंकले तीन प्रतिशत बोनस सेयर र १०.६० प्रतिशत नगद गरी कुल १३.६० प्रतिशत प्रस्ताव गरेको छ । कुमारी बैंकले १२.५० प्रतिशत नगद, एनसिसी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले समान ११ प्रतिशत लाभांश वितरण गरेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आवको मुनाफाबाट चुक्ता पुँजीको चार प्रतिशत बोनस सेयर सात प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत तथा एनसिसीले ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका छन् । सानिमा बैंकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मेगा बैंकले लाभांश प्रस्ताव गरेकोमध्ये सबैभन्दा कम ७.८३ प्रतिशत दिने भएको छ । बैंकले चुक्ता पुँजीको चार प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सिटिजन्स बैंकले नौ प्रतिशत नगद र प्रभु बैंकले चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागिसमेत १.५० प्रतिशत नगद गरी आठ प्रतिशत लाभांश घोषणा गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?