हुम्ला सदरमुकाम सिमकोट सुनसान

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 1 min

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट बजार यतिबेला सुनसान देखिएको छ । आज हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि सदरमुकाममा रहेकाहरू गाउँ फर्किएसँगै सिमकोट बजार सुनसान भएको हो ।

दुई दिनअघि सदरमुकाम आसपासका भन्दा टाढा घर भएका नागरिक हिँडिसकेका छन् भने आसपासका नागरिक शनिबार गएका हुन् । सिमकोटमा अहिले नागरिकको चाप कम छ । सदरमुकाममा रहेका अधिकांश होटल पसलसमेत बन्द रहेका छन् । मतदानका लागि आ-आफ्नो मतदान केन्द्रमा नागरिक पुग्दा गाउँघर भने भरिभराउ भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?