इटालीका महिला सांसदलाई संसदमा स्तनपानको अनुमति

हिमालय टाइम्स
Read Time = 2 mins

रोम । इटालीका महिला सांसदलाई संसद् वहसका क्रममा आफ्ना शिशुलाई स्तनपान गर्ने अनुमति दिइएको छ । चेम्बर अफ डेपुटिजको नियम बनाउने समितिले यस्तो जानकारी दिएको हो ।

स्तनपान गराउने चेम्बर अफ डिपुटिजका सदस्यलाई संसदको शीर्ष पंक्तिमा वा आरक्षित ग्यालरीमा बस्न अनुमति दिइनेछ । तर, महिला सांसदले बच्चा जन्मिएको एक वर्षसम्म मात्र चेम्बरमा स्तनपान गराउन पाउनेछन् । अहिले स्तनपान गराउने छुट्टै कोठामा जानुपर्ने बाध्यता छ । नयाँ अभ्यासले इटालीको लोकतन्त्रको सबैभन्दा बलियो उदाहरण पेस गर्ने फाइभ स्टार मुमभेन्ट (एमएस५) का सांसद गिल्डा स्पोर्टिएलो बताइन् । उनले भनिन्, ‘हरेक महिलाले आफूले चाहेको स्थानमा स्तनपान गराउन पाउनुपर्छ,’ उनले भनिन् ।

अक्टोबरको अन्त्यमा प्रधानमन्त्री बनेकी जर्जिया मेलोनीले सन् २०१९ मा जन्मदरमा गिरावटबाट गुज्रिरहेको इटालीमा ‘युवा आमा’लाई काममा सजिलो पार्न संसद्मा स्तनपानलाई अनुमति दिने बताएकी थिइन् । सिनेटमा फोर्जा इटालिया समूहकी नेतृ लिसिअ रोन्जुलीले पनि यो सुधारको स्वागत गरेकी छिन् । युवा सांसदको रूपमा उनले युरोपेली एसेम्ब्लीमा स्तनपान गराउदा उनी चर्चामा आएकी थिइन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?