अमेरिकी विदेश नीति र नेपाल

विष्णुप्रसाद खनाल
विष्णुप्रसाद खनाल
Read Time = 18 mins

अमेरिकी विदेश नीति बुझ्न अमेरिकी इतिहास र संविधान बुझ्नु आवश्यक छ । सन् १७७६ मा १३ वटा राज्यहरूको स्वन्त्रताको एकताबद्ध आन्दोलनले अमेरिकाबाट तत्कालीन बेलायत फिर्ता हुन बाध्य भई अमेरिका स्वतन्त्र भयो । हालका ५० वटा राज्यहरू निर्माण गर्न अमेरिकालाई १ सय ८० वर्ष लाग्यो जुन देशमा अहिलेसम्म ४६ जना राष्ट्रपतिहरू (जर्ज वासिंटन, जोन आडम्स, थोमस जेफरसन्स, जेम्स मेडिसोन, जेम्स मोनरोई, जोन क्यान्सी आडम्स, एन्ड्यिु ज्याकसोन, मार्टिन भन ब्युरेन, विलियम हेनरी हेरिसन, जोन टेलर, जेम्स के पोल्क्स, जाचरी टेलर, मिलर्ड फिलमोरे, फ्याङ्लिन पाइर्स, जेम्स बुचानन, अब्राहम लिङकन, एन्ड्यु जोन्सोन्स, युलेसिस एस ग्रान्ट, सुथेफोर्ड बि हायस, जेम्स ए गारफिल्ड, चेष्टर ए अर्थर, ग्रोभर क्लेभल्याण्ड, बेन्जामिन हेरिसन्, ग्रोभर क्लेभल्यान्ड, विलियम म्याक केण्डली, थियोडोरे रुजवेल्ट, विलियम होवार्ड टाफ्ट, वुड्रो विल्सन, वारेन जि.हार्डिङ, काल्भिन कोलिज, हर्वट होभर, फ्य्राङलिङ डि.रुजभेल्ट, हृयारी एस ट्रम्यान, डिवेट डि इसेनहोवर, जोन एफ केनडी, ल्यानडोन बि जोन्सोन, रिचार्ड निक्सोन्स, जेराल्ड फोड, जिमी कार्टड, रोनाल्ड रेगन, जर्ज एच डब्ल्यु बुस, बिल क्लिन्टन, जर्ज डब्लु बुस, बराक ओवामा, डोनाल्ड ट्रम्प र जो वाइडेन) ले शासन गरिसकेका छन् ।

आन्तरिक र बाहृय तत्वहरूको आधारमा निर्धारण हुने विदेश नीति हरेक देशको आन्तरिक र बाहृय विशेषताका आधारमा तर्जुमा गरिने भएकाले विदेश नीति देशअनुसार फरक-फरक हुन्छ तर कुनै देशको विदेश नीति स्थिर हुन्छ भने कुनै देशको अस्थिर हुन्छ ।

प्रत्येक राष्ट्रपतिको आगमनसँगै विदेश नीतिमा परिवर्तन तथा सुधार आउने अमेरिकामा संविधानले विदेश नीति तय गर्ने अधिकार राष्ट्रपतिलाई दिएको छ तर पाँच मुख्य आधारहरू : राष्ट्रिय सुरक्षा, प्रजातन्त्रको सवालता तथा समर्थन, विश्वशान्ति स्थापनामा सहयोग, वैदेशिक सहायता प्रदान र खुला व्यापारको स्थापना अमेरिकी विदेश नीतिका अभिन्न अंगहरू हुन जुन कहिल्यै पनि परिवर्तन हुँदैनन् । विदेश नीतिका केही आधारस्तम्भ हुने गर्दछन्, नीति तर्जुमा गर्दा आन्तरिक र बाहृय निर्धारक तत्वहरूलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

भौगोलिक अवस्थिति, जनसंख्याको आकार र स्थिति, इतिहास, आर्थिक तथा प्राकृतिक स्रोत, विचारधारा, सरकारको संरचना तथा राजनीतिक नेतृत्वको प्रकृति, कूटनीतिको गुणस्तर जस्ता तत्वहरू, राष्ट्रिय स्वार्थ तथा सुरक्षा, धर्म र संस्कृति, सामाजिक-सांस्कृतिक अवस्था, सञ्चारमाध्यम, कर्मचारीतन्त्र, हेरक नागरिकको व्यक्तित्व, देशभित्र रहेका प्रान्तहरू बीचको सम्बन्ध । राजनीतिक विचारधारा, राजनीतिक संगठन जस्ता आन्तरिक विषयहरूले विदेश नीति निर्धारणमा प्रभाव पार्दछ भने अन्तर्राष्ट्रिय परिस्थिति, अन्तर्राष्ट्रिय संगठनमा आबद्धता, अन्य राष्ट्रहरूको प्रतिक्रिया, द्विपक्षीय, बहुपक्षीय, क्षेत्रीय, अन्तर्राष्ट्रिय सन्धि सम्झौता र अन्तर्राष्ट्रिय कानुनले विदेश नीति निर्धारणमा प्रभाव पार्दछ ।

विदेश नीतिलाई कुनै पनि राष्ट्रले अन्य राष्ट्रहरूसँग कायम गर्ने सम्बन्धको अंगको रूपमा लिइन्छ तर यो अस्थिर हुन्छ भन्ने पनि पाइन्छ । तथापि कुनैपनि देशको आन्तरिक तथा बाहृय वातावरणले निर्दिष्ट गर्दछ । देशको रक्षक हो विदेश नीतिले जसले कुनै पनि देशको राष्ट्रिय स्वार्थलाई बढवा दिनुका साथै देशको सुरक्षामा समेत सहयोग पुर्‍याउँछ, देशको परम्परागत मूल्य, राष्ट्रिय नीतिहरूको प्रतिनिधित्व गर्दछ, देशको धर्म, संस्कृति र पहिचानको प्रतिनिधित्व गर्दछ । कुनै पनि देशको विदेशनीति अन्तर्राष्ट्रिय सम्बन्धमा छिमेकी देशमा भएको बाहृय प्रभावले समेत विदेश नीतिमा प्रत्यक्ष प्रभाव पार्दछ । यसलाई चीनको बेल्ट एण्ड रोड इनिसिइटिभ जस्तै अमेरिको समानान्तर रणनीतिक योजनसँग तुलना गर्न सकिन्छ ।

कुनै पनि देशको घटनाक्रमले अन्य देशमा प्रभाव पार्दछ । अमेरिका, भारत र चीनमा हुने घटनाक्रमले नेपालमा स्वतः प्रभाव पार्दछ । अमेरिकी संविधानअनुसार राष्ट्रपतिले विदेश नीति तय गर्ने भएकाले त्यो देशको विदेश नीतिको बारेमा विश्लेषण गर्दा सबै ४६ वटै राष्ट्रपतिको विदेश नीति विश्लेषण गर्नु जरुरी छ तर सबैको विश्लेषण एउटा लेखभित्र सम्भव नभए पनि संक्षेपमा भने विश्लेषण गर्न सकिन्छ ।

आन्तरिक र बाहृय तत्वहरूको आधारमा निर्धारण हुने विदेश नीति हरेक देशको आन्तरिक र बाहृय विशेषताका आधारमा तर्जुमा गरिने भएकाले विदेश नीति देशअनुसार फरक-फरक हुन्छ तर कुनै देशको विदेश नीति स्थिर हुन्छ भने कुनै देशको अस्थिर हुन्छ जुन नीतिहरूको प्रमुख नीति भएका कारण कुनै पनि राष्ट्रको अन्तर्राष्ट्रिय सम्बन्ध कस्तो छ भन्ने कुराको झल्को दिने गर्दछ । अर्थात्, विदेश नीतिको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध तयार हुन्छ । नेपालमा राणाकालीन समयमा मात्र नेपालको विदेश नीति तथा सम्बन्ध सुरुवात भएको थियो ।

नेपालको विदेश नीतिमा भौगोलिक बनावट, देश तथा जनसंख्याको आकार, संस्कृति तथा इतिहास, सामाजिक संरचना, सरकारको संरचना, राजनीतिक जवाफदेहीता, भाषा, सैनिक क्षमता, राष्ट्रिय स्वार्थ, प्राकृतिक स्रोतहरू, औद्योगिक विकास, सुशासन र नेतृत्व, कूटनीतिक क्षमता, राजनीतिक संगठनहरू, थिंकट्यांक र मिडियाको भूमिका, देशको सार्वभौमसत्ता एवं राष्ट्रिय एकता, प्रदेशहरूबीचको अन्तरसम्बन्ध, राष्ट्रिय स्वार्थको प्रर्बद्धन, सरकारको विचारधारा, जनअभिमत जस्ता आन्तरिक तत्वले प्रभाव पारेको छ भने द्विपक्षीय तथा बहुपक्षीय सम्बन्ध, सन्धिसम्झौता, अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय संगठनहरूमा आबद्धता, विश्वशान्तिको मार्ग, अन्य देशहरूको प्रतिक्रिया जस्ता बाहृय निर्धारक तत्वहरूले नेपालको विदेश नीतिमा प्रभाव पारेको छ ।

नेपालको विदेश नीतिको सन्दर्भमा परराष्ट्र नीति २०७७ का अनुसार नेपालको विदेश परराष्ट्र नीति नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वधीनता र राष्ट्रिय हितको रक्षा एवं राष्ट्रिय सम्मान र प्रतिष्ठाको अभिवृद्धि, सार्वभौमिक समानता, पञ्चशीलको सिद्धान्त, संयुक्त राष्ट्र संघको बडापत्रको भावना, असंलग्नता, पारस्पारिक सम्मान र लाभ, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यता, विवादको शान्तिपूर्ण समाधान, अन्तर्राष्ट्रिय सहयोग, न्याय, समानता र जवाफदेहिता, पारस्पारिक मित्रता, सहयोग र सहकार्य, लोकतन्त्र, मानव अधिकार र विधिको शासन, आर्थिक समुन्नति र समृद्धि जस्ता सिद्धान्तमा आधारित छ भने नेपाल विविध आठवटा आधारहरू : नेपालको संविधान, प्रचलित नेपाल कानुन, परराष्ट्र नीतिसँग प्रत्यक्ष सरोकार राख्ने राष्ट्रिय सुरक्षा नीति तथा अन्य नीति, नेपाल सरकारका क्षेत्रगत नीति, आवधिक योजना, वार्षिक नीति तथा कार्यक्रम, संयुक्त राष्ट्रसंघको बडापत्र, नेपाल पक्ष भएका सन्धि, सम्झौता, द्विपक्षीय, क्षेत्रीय, बहुपक्षीय प्रतिबद्धता तथा घोषणपत्र, नेपाल सदस्य रहेका क्षेत्रीय तथा उपक्षेत्रीय संगठनका बडापत्र, विधान, कूटनीतिक तथा कन्सुलरसम्बन्ध विषयक, भिएना महासन्धिलागायत अन्तर्राष्ट्रिय कानुन, प्रचलन, अभ्यास, तथा स्थापित मूल्य मान्यताका आधारमा तय गर्ने कुरा उल्लेख छ ।

पञ्चशीलको सिद्धान्तअन्र्तगत क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको सम्मान, आन्तरिक मामिलामा अहस्तक्षेप, शान्तिपूर्ण सहअस्थित्व, अनाक्रमण र समानता र पारस्पारिक लाभको आधारमा नेपालको विदेश नीति तय हुने भए पनि नेपालमा देखापरेको राजनीतिक अस्थिरता र सत्तास्वार्थ अनुकुल हुनेगरी विदेश नीति तय गर्नाले नेपालको स्थान अन्तर्राष्ट्रिय नजरमा गिरेको छ । नेपालमा अमेरिकी विदेश नीतिको प्रभाव कस्तो छ भन्ने कुरा बुझ्नका लागि नेपालको अमेरिकासँगको सम्बन्ध, अमेरिकाको विदेश नीतिको सिद्धान्त, मान्यता, निर्धारक तत्वहरू र उसको नेपालमा लगानी के कस्तो छ भन्ने कुरा बुझ्नु जरुरी छ ।

संघात्मक राज्यव्यवस्था भएको अमेरिकामा राज्यशक्तिको स्रोत केन्द्र, प्रान्तमा हुने अमेरिकाको संविधानको निर्माण एक संवैधानिक सम्मेलनमार्फत अमेरिकाको फिलाडेल्फियामा सन् १७८७ मे २५ तारिकमा भई सन् १७८९ मार्च ४ तारिकबाट लागू भएको थियो । उक्त संविधानमा यसलाई संशोधनको सवालमा अलि कठोर संविधान पनि मानिन्छ किनभने यो संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाइ बहुमत चाहिन्छ । संविधानशास्त्रको सिद्धान्तका आधारमा तयार गरिएको यो संविधान गतिशील, जीवित संविधान हो । जम्मा सात अनुच्छेद रहेको उक्त संविधानमा अमेरिकाको महत्वपूर्ण नीतिहरूको निर्धारण राष्ट्रपतिले गर्ने कानुनी प्रावधान छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाइै बराबर अधिकार हुने मान्यता भए पनि न्यायपालिकामा अलि धेरै शक्ति रहेको हुन्छ । नेपलमा अमेरिकी विदेश नीतिले कसरी प्रभाव परेको छ भन्ने कुरालाई संक्षेपमा बुझ्न अमेरिकी विदेश नीतिका पाँचवटा अनिवार्य आधार र राष्ट्रपतिको नीति तथा कार्यक्रमलाई बुझ्नु जरुरी हुन्छ । पहिलो विश्ययुद्धको समयसम्म अमेरिकाको विदेश नीति तटस्थतामा आधारित थियो तर उसको व्यापारिक सम्बन्ध भने युरोपलगयत विभिन्न देशसँग कायम भएको थियो ।

पहिलो विश्वयुद्धमा अमेरिकाको संलग्नता र त्यसपछि विश्वव्यापी आर्थिक संकटमा योगदान र दोस्रो विश्वयुद्धपश्चात् ध्वस्त भएका संरचनाको पुनःनिर्माणमा अमेरिकाको लागानी र वैदेशिक सहायताले अमेरिकी विदेश नीति हस्तक्षेपकारी र सबल बन्दै गएको पाइन्छ । नेपाल अमेरिका सम्बन्ध सन् १९४७ मा कायम भए तापनि सन् १९५९ मा अमेरिकाले नेपालमा आफ्नो दूतावास स्थापना ग¥यो । नेपालमा अमेरिकी सहयोग एमसिसी र एसपिपीमात्रै नभएर युएसआइडीमार्फत दर्जनौं परियोजना सञ्चालनमा रहेका छन् ।

नेपालको प्रजातान्त्रिक अन्दोलनको सन्दर्भमा, नेपाललाई संयुक्त राष्ट्रसंघसहित विभिन्न अन्तर्राष्ट्रिय संगठनहरूमा आबद्ध बनाउने सवालमा, नेपालको शान्तिप्रक्रिया, प्रजातन्त्रको सवालमा, नेपालमा विश्वव्यापीकरण, उदारीकरण र निजीकरणको सवालमा अमेरिकी विदेश नीतिले उल्लेख्य प्रभाव पारिरहेको छ ।

अमेरिकामा रिपब्लिकन पार्टीका सत्ताको तुलनामा प्रजातान्त्रिक दल सत्तामा हुँदा विदेश नीति उदार हुने देखिए तापनि पाँच आधारहरू कहिल्यै पनि परिवर्तन नहुने भएकाले अमेरिकी विदेश नीतिको प्रभाव नेपालसहित संसारका सबै देशमा बढ्न थालेको हो । नेपालको प्रजातान्त्रिक अन्दोलनको सन्दर्भमा, नेपाललाई संयुक्त राष्ट्रसंघसहित विभिन्न अन्तर्राष्ट्रिय संगठनमा आबद्ध बनाउने सवालमा, नेपालको शान्तिप्रक्रिया, प्रजातन्त्रको सवालमा र नेपालमा विश्वव्यापीकरण, उदारीकरण, निजीकरणको सवालमा अमेरिकी विदेश नीतिले उल्लेख्य प्रभाव पारिरहेको छ ।

अमेरिकाले खुला व्यापार, वैदेशिक सहायता, प्रजातन्त्रको सबलीकरणमार्फत, विश्वशान्तिको स्थापनामार्फत, राष्ट्रिय सुरक्षाको सबलतामार्फत आफ्नो हस्तक्षेपकारी सबल विदेशनीतिले नेपालसहित विश्वका सबै देशमा आफ्नो प्रभाव कायम रहेको छ । निष्कर्षमा, अमेरिकी विदेश नीति प्रजातन्त्र, खुला व्यापार, विश्वशान्ति, वैदेशिक सहायता, राष्ट्रिय सुरक्षा र अमेरिका पहिलो एवं शक्तिशाली भन्ने मान्यताका साथ तर्जुमा तथा कार्यन्वयन भएको देखिन्छ । नेपालमा आज हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट बन्ने सरकारले सबल, सन्तुलित र सक्षम विदेश नीति तय गरी अमेरिकी प्रभाव कम गर्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?