चिसोका कारण हुम्लाको चार मतदान केन्द्रमा मतदान सुरु भएन

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हुम्लाको उत्तरी हिमालपारी गाउँको नामले चिनिने नाम्खा गाउँपालिका( ६ का तीन मतदान केन्द र वडा-५ को मुचुमा चिसोका कारण मतदान सुरू भएको छैन ।

अत्याधिक चिसोले नाम्खा-६ को तिल,जाङ, हलजी र वडा नम्बर-५ को मुचुमा मतदान हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

लिमिको हल्जी गाउँको सुनखानी, आधारभुत विद्यालयको मतदान केन्द, जाङ गाउँको भृकुटी आधारभुत विद्यालय मतदान केन्द्र, तिल गाउँको हिमशिखर आधारभुत मतदान केन्द र मुचुको खासरपानी आधारभुत मतदान केन्द्रमा चिसो मतदान हुने नसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले बताउनुभयो ।

५९ वटा मतदान केन्द मध्ये ५५ मतदान केन्द्रमा मतदान सुरू भईसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका श्यामबहादुर रानाले जानकारी दिनुभयो । जिल्लाका सबै मतदान केन्दमा शान्तिपूर्ण रूपमा मतदान सुुरू भईरहेको निमित्त निर्वाचन अधिकारी रानाको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?