पाँचथरमा शान्तिपूर्वक मतदान सुरू

जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
Read Time = 2 mins

पाँचथर । पाँचथरका सवै मतदान केन्द्र बाट निर्वाचन शुरु भएको छ ।

१ सय २ मतदान स्थलका १ सय ७७ मतदान केन्द्रमा मतदान सुरू भएको हो । बिहान ७ बजेबाट मतदान सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

एक मात्रै प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा रहेको पाँचथरमा १ लाख ३८ हजार ९ सय ३२ मतदाता रहेका छन् ।

यसपल्ट मतदानका लागि १ हजार ४ सय १६ जना कर्मचारी परिचालन गरिएको छ ।

सुरक्षा व्यवस्था पनि कडा बनाइएको जानकारी दिइएको छ । पाँचथरका प्रमुख गणेश गैरेका अनुसार निर्वाचन सुरक्षाका लागि ३ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिनिधि सभाका उम्मेद्धवार नेपाली काग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले शान्ति क्षेत्र आधारभूत विद्यालय फाल्गुनन्द १ नवमीडाँडा बाट मतदान गर्नुभएको छ । यस्तै अर्का प्रतिनिधि सभाका उम्मेद्धवार वशन्त कुमार नेम्बाङले फिदिम मा.वि.को मतदान केन्द्र बाट मतदान गर्नुभएको छ ।

यस्तै फिदिम ४ मा रहेको सुखवोध माविको मतदान केन्द्र परिषर नजिकै दुई पटक सुतली बम पड्केको छ । यद्धपी सुरक्षाकर्मी ब्यापक रुपमा परिचालन गरिएको हुँदा मतदान प्रक्रिया भने निरन्तर अघि वढको निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?