प्रधानमन्त्रीद्वारा रुवाखोलाको मतदान केन्द्र (ख) बाट मतदान

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 2 mins

डडेल्धुरा । आज भैरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा पनि सबै मतदान स्थल र केन्द्रमा शान्तिपुर्ण अवस्थामा मतदात शुरु भएको छ ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सभापति शेर बहादुर देउवाले आफ्नो गृह गाउँपालिकाको वडा नं. १ रुवाखोलाको मतदान केन्द्र ख बाट बिहान १० बजेर ८ मिनेटमा मतदान गर्नु भएको छ ।

सात पालिकामा ५२ वडा रहेको डडेल्धुरा जिल्लाका १०१ मतदान स्थल र १३९ मतदान केन्द्र र कारागार कार्यालय डडेल्धुरामा एक अस्थायी मतदान केन्द्र सहित १४० मतदान केन्द्रमा जिल्लाका ९२ हजार २०१ जनता मतदाताले मतदान गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगीसहित ११०५ आवश्यक जनशक्ति र सबै सुरक्षा अंग लगायत दुई हजार बढि सुरक्षाकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले जानकारी दिनु भएको छ ।

प्रतिनिधि सभा सदश्य निर्वाचन क्षेत्र १ तथा प्रदेश सभा सदश्य निर्वाचन क्षेत्र २ मा अति संबेदनशिल मतदान केन्द्र २३, संबेदनशिल ४१ र सामान्य ३७ गरि सुरक्षाको व्यवस्था मिलाईएको छ ।

डडेल्धुरामा जम्मा ९२ हजार २०१ मतदाता रहेका छन, जसमा महिला ४५८०९ र ४५३९२ पुरुष रहेका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?