काठमाडौंसहित तराईका जिल्लामा आजैबाट मतगणनाः निर्वाचन आयोग

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेसभा सदस्यका  लागि भएको निर्वाचनको मतगणना आजैबाट हुने जनाएको छ ।

आइतबार बिहान ७ बजेबाट देशभर निर्वाचन भइरहेको छ । उक्त निर्वाचनको मतगणना आइतबार राति ९ बजेबाट सुुरु हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयाे ।

भक्तपुरको युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनेक्रममा उहाँले काठमाडौंसहित तराईका जिल्लामा आइतबारबाटै मतगणना हुने जानकारी दिनुभएकाे हाे ।

हिमालीको जिल्लाको सोमबार बिहान ५ बजेबाट मतगणना सुरु हुने जानकारी दिदै उहाँले प्रत्यक्षतर्फको ८ दिनभित्र र समानुपातिक तर्फको २२ मंसिरभित्र नजिता राष्ट्रपतिलाई बुझाउने जानकारी दिनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?