क्रिया बसेका चार दाजुभाईले गरे मतदान

हिमालय टाइम्स
Read Time = 2 mins

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी  नगरपालिका ४ मा  क्रियापुत्रीले पनि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । आमाको किरिया बसेका चुर्ण प्रसाद श्रेष्ठ , कमल श्रेष्ठ ,मान वहादुर श्रेष्ठ , पुर्ण प्रसाद श्रेष्ठ र उनिहरुका  श्रीमतीले  मतदान गरेका हुन् ।

उनीहरुले कालिकादेवि मावि मतदान केन्द्रमा   प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुलाई भोट दिएका छन् । उनीहरु तिन दिनदेखि आमाको मृत्यको शोकमा क्रिया बसिरहेका छन् ।

जीवनको सबैभन्दा दुखद क्षणमा पनि मतदान गर्नका लागि मतदानस्थल पुगेका उनिहरुले आफ्नो मतले  आगामी पाचँ वर्षका लागि देशको भविष्य निर्धारण गर्ने  बताएका छन् । मतदान भनेको यो युगको जिम्मेवारी भएकोले मतदान गरेर उत्साहित भएको उनिहरुको भनाई थियो ।

आफ्नो परम्पराअनुसार कसैलाई नछोई मतदान गर्ने वातावरण बनाईएको थियो । सिन्धुपाल्चोकको एक सय ४५ मतदानस्थलहरुमा ३ सय २० मतदान केन्द्रमै उत्साहजनक रूपमा बिहान ७ बजेदेखिनै मतदान भइरहेको छ ।

धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ । जिल्लामा शान्त र सामान्य रुपमा मतदान भईरहेको छ । सुरक्षा व्यवस्थापन कडा गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?