हुम्लामा गठबन्धन र स्वतन्त्र विच झडप

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 1 min

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा रहेको देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप भएको छ । गठबन्धन पक्ष र स्वतन्त्र उम्मेदवार पक्षबीच झडप भएको हो । वारेसनामका विषयलाई लिएर दुई पक्षबीच झडप भएको हो ।

साढे १० बजे झडप भएपछि मतदान प्रभावित भएको छ । मतदान केन्द तोडफोड भएकोले अहिले मतदान प्रभावित भएको छ । ६० मत खसेपछि मतदान प्रकिया रोकिएको छ ।

यो केन्द्रमा ६९९ मतदाता रहेका छन् । गठबन्धनबाट माओवादीका कार्चेन रणसिंह परियार उम्मेदवार हुनुहुन्छ भने नेपाली कांग्रेसका मंगलबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिनुभएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?