बर्दियाको शम्भुशरण विद्यालयको मतदान स्थलमा स्थगित मतदान पुनः सुरु

हिमालय टाइम्स
Read Time = 1 min

बर्दिया । बर्दियाको शम्भुशरण माध्यमिक विद्यालय खैरापुर मतदान स्थलमा रोकिएको मतदान कार्य पुनः सुरु भएको छ । मतदान प्रक्रिया सुरु भए लगत्तै अज्ञात समूहले मतदान स्थल बाहिर विष्फोट गराएपछि स्थगित मतदान करिव १ घण्टापछि पुनः सुरु भएको हो ।

बर्दियाको गुलरिया नगरपालिका खैरापुरस्थित शम्भुशरण माध्यमिक विद्यालय मतदान स्थलबाहिर सुतली बम विष्फोट भएपछि मतदान कार्य रोकिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?