बाजुराका थप ५ ओटा मतदान केन्द्रको मतदान रोकियो, प्रहरीद्धारा हवाई फायर

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

बाजुरा । बाजुरा जिल्लाका थप ५ सहित ८ ओटा मतदान केन्द्रमा बिवाद हुँदा मतदान स्थगित भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका वडा न ८ को मतदान केन्द्र बुढीनन्दा वडा न ५ र स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ र ३ त्रिबेणी नगर पालिका वडा ३ र ७ खप्तड छेडेदह गाउँपालिका वडा न १ मतदान स्थगित रोकीएको छ । सबै मतदान केन्द्रमा हवाइ फायर समेत भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले बताउनुभयाे ।

बिभिन्न राजनितीक दलहरुको बिबाद पछि ति मतदान केन्द्रको मतदान प्रक्रिया अहिले स्थगित भएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताउनुभयाे ।

त्यसै गरी जगन्नाथ गाउँपालिका वडा नम्मर ४ को मतदान केन्द्रमा पनि ढुगां हानाहान भईरहेको प्रारम्भीक जानकारी प्राप्त भएको छ । यता स्वामिकार्तिक वडा ४ मा बिबाद पछि केही समयमै मतदान सुरु हुने तयारीमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले जानकारी दिनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?