उदयपुर कारागारमा सकियो मतदान

हिमालय टाइम्स
Read Time = 1 min

उदयपुर । जिल्ला कारागार उदयपुरमा मतदान सकिएको छ । समानुपातिकतर्फको अस्थायी मतदाता नामावलीमा नाम रहेका ६२ मध्ये ६१ कैदीबन्दीले मतदान गरेका छन् ।

निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइरालाका अनुसार मतदाता नामावलीमा ६२ जनाको नाम रहे पनि एक जनाको नाम थर नमिल्दा  ६१ जनाले मतदान गरेका हुन् । मतदाता नामवालीमा नाम रहेको कारागारमा मतदान सकिएको हो ।

विभिन्न कसुरमा कैदी बन्दी जीवन बिताइरहेका मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले समानुपातिकतर्फ मतदान  गरेको निर्वाचन अधिकृत कोइरालाले बताउनुभयाे । उदयपुर कारागारमा १३० जना कैदी र ९५ जना बन्दी गरी २२५ जना कैदीबन्दी छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?