यो निर्वाचन मतदाता र देशको भविष्यसँग जोडिएको छः राजेन्द्र लिङ्देन

हिमालय टाइम्स
Read Time = 1 min

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जारी निर्वाचन मतदाता र देशको भविष्यसँग जोडिएको बताउनु भएको छ ।आइतबार गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका १ स्थित गोलधाप मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै लिङ्देनले जारी निर्वाचन जनता र देशको भविष्यसँग जोडिएको बताउनु भएको हो ।

अध्यक्ष लिङ्देन झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ । उहाँलाई नेकपा एमालेले चुनावमा सघाएको छ । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका कृष्णप्रसाद सिटौला र अध्यक्ष लिङ्देनबीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?