महोत्तरीको गौशालाबाट चार जना फर्जी मतदाता पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

 

महोत्तरी । महोत्तरीको गौशालास्थित एक मतदान केन्द्रबाट चार जना फर्जी मतदाता पक्राउ परेका छन् ।

निगौल मतदान केन्द्रमा अन्य मतदाताको नाममा मतदान गर्न आएका सात जनालाई केहीबेर अगाडी प्रहरीले पक्राउ गरेको जनाएको छ ।

परिचयपत्र विना आएका ती ब्यक्तिलाई सोधखोज गर्दा अन्य व्यक्तीको नाममा मतदान गर्न आएको भनेपछि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रन्जन मिश्रले बताउनु भयो ।

उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय गौशालामा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ब्यक्तीको नाम भने प्रहरीले खुलाएको  छैन । पक्राउ पर्नेहरू सवै गौशालाका स्थानीय युवा हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?