पश्चिम नवलपरासीमा ७२ प्रतिशत मत खस्यो, आज रातिबाट मतदान

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीमा आज रातिबाट मतगणना गर्ने तयारी गरिएको छ । जिल्लाका २ सय ८७ ओटा मतदान केन्द्रबाट मतपेटिका संकलनको काम भईरहेको छ ।

मतपेटिका संकलन गर्न केहि समय लाग्ने मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिनुभयो । मतपेटिका संकलन गरी सर्वदलिय बैठक मार्फत सहमति भए आजै राति बाट मतगणना गर्न दुवै निर्वाचन अधिकृतको कार्यालय तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । नवलपरासीमा दुई ओटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ को बर्दघाट नगरपालिकाको सभाहल र क्षेत्र नम्बर २ को रामग्राम नगरपालिकाको सभाहलमा मतगणना हुदै छ ।

जस्का लागी तारजाली लगाई सिसिटिभि जडान गरेर सुरक्षित बनाईएको छ । जिल्लामा ७२ प्रतिशत मत खसेको छ । कुनै पनि घटना विना जिल्लामा शान्तीपुर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो । सुरक्षा निकायको टोलीले दुवै मतगणना स्थलको निरिक्षण पनि गरेको छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Surya Pathak
Surya Pathak
2022-11-20 8:07 pm

Great..

रिलेटेड न्युज

छुटाउनुभयो कि ?