विश्वकप २०२२ मा ३२ देश प्रतिस्पर्धामा

Read Time = 2 mins

दोहा । १२ वर्षको निरन्तर प्रश्न, आलोचना, अड्कल र अनुमानबीच अन्ततः आइतबारबाट कतार विश्वकपको औपचारिक सुरुवात भएको छ । कतार मध्यपूर्वमा विश्वकप आयोजना गर्ने पहिलो मुस्लिम देशका रूपमा रहेको छ । फिफाले सबै ३२ सहभागी राष्ट्रहरूलाई ‘फुटबलमा फोकस’ आग्रह गरेको छ । ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरेर प्रतियोगिताको आयोजना गरिएको छ ।

कतार २०२२ तुलनात्मकरूपमा अन्य विश्वकपभन्दा ठूलोमात्रामा विवादित बन्यो । कतारले २०१० मा दक्षिण कोरिया, जापान, अस्ट्रेलिया र युएसएलाई पछि पार्दै विश्वकप अधिकार आफ्नो हातमा पारेको थियो । विश्वकपको ९२ वर्षे इतिहासमा कतार क्षेत्रफलका आधारमा विश्वकप आयोजना गर्ने सबैभन्दा सानो राष्ट्रसमेत हो ।

फेब्रुअरी, २०२१ मा गार्जियनमा सार्वजनिक समाचारअनुसार कतार विश्वकपका दौरान नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाबाट कतारमा रोजगारीका लागि पुगेका ६५०० सय कामदारहरूले रंगशाला निर्माणका क्रममा ज्यान गुमाएका थिए ।

कतारलाई विश्वकपको अधिकार दिएर ६५०० जना मानिसको हत्या भएको भन्दै फिफाको चर्को आलोचना हुने गरेको छ । साथै कतारले भने यो तहको मृत्युलाई स्वीकारेको छैन ।

कतारले भने विश्वकपसँग सम्बन्धित निर्माण कार्यमा केवल ३७ जना कामदारको मृत्यु भएको दाबी गर्दै आएको छ । कतारले २०१४ देखि २०२० सम्मको निर्माण कार्यमा केवल ३७ जना कामदारको मृत्यु भएको बताएको छ । अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ)ले कतार श्रमिकमाथि भएको ज्यादतीको विषय अवमूल्यन गरिएको दाबी गर्ने गरेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?