आशिषको सम्झौता नवीकरण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडका फरवार्ड आशिष चौधरीले क्लबसँगको सम्झौता नवीकरण गर्नुभएको छ । ‘ए’ डिभिजन लिगको तयारीमा रहेको चर्च ब्वाइजले शनिबार फरवार्ड आशिषसँग सम्झौता नवीकरण गरेको हो ।

सम्झौता नवीकरणसँगै आशिष २०२४ को अन्तिमसम्म क्लबमा रहनुहुनेछ । राष्ट्रिय टिमका फरवार्ड आशिषले ‘बी’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो ।

चर्च ब्वाइज ‘बी’ डिभिजन लिगको विजेता बन्दै ‘ए’ डिभिजनमा उक्लिएको हो । आशिषले गत असोजमा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टिममा डेब्यु गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?