कोप-२७ : हानी-नोक्सानीका लागि वित्तीय व्यवस्था गर्ने सहमति

Read Time = 2 mins

एजेन्सी/जलवायुजन्य अतिशय विषम घटनाबाट प्रभावित भएका देश तथा समुदायका लागि विशेष वित्तीय सुविधाको व्यवस्था हुने भएको छ । इजिप्टको शर्म एल-शेखमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा राष्ट्रहरूले हानी-नोक्सानी सम्बोधनका लागि वित्तको व्यवस्था गर्ने सम्बन्धमा सहमति गरेका हुन् ।

कोप-२७ मा पहिलोपटक हानी-नोक्सानीको मुद्दालाई वार्ताको औपचारिक एजेण्डाका रूपमा समावेश गरिएको थियो । अतिकम विकसित तथा विकासशील देशहरूले हानी-नोक्सानी सम्बोधनका लागि छुट्टै वित्तीय सुविधाको व्यवस्था गरिनुपर्ने माग गर्दै आएका थिए । धनी देशहरूले भने अहिले कायम रहेकै संरचनाबाट हानी-नोक्सानीसमेत सम्बोधन गर्न सकिने बताउँदै आएका थिए ।

निर्धारित समयभन्दा पछिसम्म जारी रहेको जलवायु सम्मेलनमा हानी-नोक्सानीको मुद्दा प्रमुख बनेको छ । यो सम्मेलनले जलवायुजन्य हानी-नोक्सानीबाट प्रभावित भएका देश तथा समुदायका लागि प्रविधि सहयोग प्रदान गर्नेसम्बन्धी व्यवस्था सान्टियागो नेटवर्कलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउने सम्बन्धमा पनि सहमति गरेका छन् । हानी-नोक्सानी वित्तका सम्बन्धमा धनी देशको अवरोध र अनिच्छाका कारण यो कसरी कार्यान्वयनमा आउनेछ भन्ने यकिन भइसकेको भने छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?