इटालीको संसद्मा स्तनपानको अनुमति

Read Time = 2 mins

रोम । इटालीका महिला सांसदलाई संसद् बहसका क्रममा आफ्ना शिशुलाई स्तनपान गर्ने अनुमति दिइएको छ । चेम्बर अफ डेपुटिजको नियम बनाउने समितिले यस्तो जानकारी दिएको हो । स्तनपान गराउने चेम्बर अफ डिपुटिजका सदस्यलाई संसद्को शीर्ष पंक्तिमा वा आरक्षित ग्यालरीमा बस्न अनुमति दिइनेछ । तर, महिला सांसदले बच्चा जन्मिएको एक वर्षसम्म मात्र चेम्बरमा स्तनपान गराउन पाउनेछन् ।

अहिले स्तनपान गराउने छुट्टै कोठामा जानुपर्ने बाध्यता छ । नयाँ अभ्यासले इटालीको लोकतन्त्रको सबैभन्दा बलियो उदाहरण पेश गर्ने फाइभ स्टार मुमभेन्ट (एमएस ५) का सांसद गिल्डा स्पोर्टिएलो बताउनुभयो । ‘हरेक महिलाले आफूले चाहेको स्थानमा स्तनपान गराउन पाउनुपर्छ,’ उहाँले भन्नुभयो ।

अक्टोबरको अन्त्यमा प्रधानमन्त्री बन्नुभएकी जर्जिया मेलोनीले सन् २०१९ मा जन्मदरमा गिरावटबाट गुज्रिरहेको इटालीमा ‘युवा आमा’लाई काममा सजिलो पार्न संसद्मा स्तनपानलाई अनुमति दिने बताउनुभएको थियो । सिनेटमा फोर्जा इटालिया समूहकी नेतृ लिसिअ रोन्जुलीले पनि यो सुधारको स्वागत गर्नुभएको छ । युवा सांसदका रूपमा उहाँले युरोपेली एसेम्ब्लीमा स्तनपान गराउदा उहाँ चर्चामा आउनुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?