दक्षिण सुडानको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो

Read Time = 3 mins

जुबा । दक्षिण सुडानमा जारी रहेको हिंसाप्रति संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघले दक्षिण सुडानको अपर नाइल राज्यमा सुरु भएको पछिल्लो हिंसा निकै चिन्ताजनक रहेको भन्दै त्यसप्रति चासो व्यक्त गरेको हो ।

अपर नाइलको फासोदा जिल्लामा यहाँका सिलक सशस्त्र समूह र नुइर विद्रोही समूहका बीचमा केही दिनयतादेखि हिंसा सुरु भएको बताइएको छ । संयुक्त राष्ट्रसंघले सो हिंसाका कारण यस क्षेत्रको वरपरका नगरहरूमा पनि असर गरेको त्यहाँका नागरिकहरू घर छोडेर भाग्ने क्रम बढ्दै गएकाले सो हिंसा रोक्न सबै पक्षको आवश्यक सहयोग र समन्वयको अपेक्षा गरिएको जनाएको छ ।

गएको अगष्ट महिनामा यहाँका स्थानीय कैयौँ हिंसात्मक समूहहरूका कारण ठूलो संख्याका मानिसहरू पनि विस्थापित हुन पुगेका भन्दै यसबाट यहाँका नागरिकमा त्रास बढेको बताइएको छ । संयुक्त राष्ट्रसंघले सो हिंसामा परेर यहाँका सयौं मानिस मारिएका छन् भने हजारौंजना विस्थापित भएका छन् । विस्थापित व्यक्तिहरूको बसोबासको अवस्था नरहेको र उनीहरू देशभित्रै शरणार्थी बनिरहेकाले हिंसा रोक्नेतर्फ पहल हुनुपर्ने बताएको छ ।

दक्षिण सुडानी सुरक्षा निकायहरूले यहाँको हिंसा रोक्ने प्रयत्न गरेका भए पनि धेरै युवाहरूको संलग्नता विद्रोही समूहहरूमा रहेका र उनीहरूले निकै क्रुर हिंसामा संलग्न हुँदै गएकाले समस्या उत्पन्न भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

दक्षिणी सुडानमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले यहाँको हिंसाको अन्त्यका लागि सबैसँग आग्रह गरेको हो । ती विद्रोही समूहहरूलाई हिंसात्मक आक्रमणको काम तत्कालै रोकेर शान्तिपूर्ण वार्ताका माध्यमबाट सबै समस्याको समाधान गर्न आग्रह गरेको हो । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?