साउथ चलचित्रका केही प्रसिद्ध कमेडियन

Read Time = 5 mins

मुम्बई । चलचित्रमा कमेडियनको भूमिकालाई प्राथमिकता दिने गरिन्छ । यही कारण हो कि प्रायः सबै चलचित्रमा चाहे त्यो हलिउड होस्, बलिउड होस्, साउथ फिल्म होस् या हाम्रै नेपाली चलचित्र सबैतिर कमेडियनको भूमिकालाई उत्तिकै महत्वका साथ प्रस्तुत गरिएको हुन्छ । यहाँ उल्लेख गर्न खोजिएको हो साउथ फिल्म इण्डष्ट्रीका कमेडियन केही कलाकारका बारेमा । अन्य फिल्मी इण्डस्ट्री जस्तै साउथ फिल्म इण्डष्ट्रीमा पनि प्रसिद्ध कमेडियन कलाकारहरू रहेका छन् । साउथ फिल्म इण्डष्ट्रीमा सबैभन्दा परिचित अनुहार हो ब्रहृमानंदम । उहाँले एक हजारभन्दा बढी चलचित्रमा काम गरिसक्नुभएको छ ।

साउथ चलचित्रको कुरा आउँदा यसमा तमिल, तेलुगु, मलयालम र कन्नड चलचित्रहरू आउने गर्दछन् । साउथ चलचित्रमा ब्रहृमानंदमपछि नाम आउँछ अलीको । अलीले तमिल र तेलुगु चलचित्रमा मात्र नभएर हिन्दी चलचित्रमा पनि काम गर्नुभएको छ । अलीलाई सन् २०१३ मा एकेडेमी अफ ग्लोबल पिसले डक्टरेटको उपाधि पनि दिइसकेको छ । अलीले चाइल्ड आर्टिष्टबाट चलचित्रमा अभिनयको सुरुवात गर्नुभएको थियो । अलीले कमेडी चलचित्रमा आफ्नो एक अलग स्टाइल विकसित गर्नुभएको छ । जो ‘छाता’को नामबाट साउथमा परिचित रहेको छ ।

त्यस्तै, साउथका अर्का पपुलर कमेडी हुनुहुन्छ करुणास । उहाँले तमिलका धेरै चलचित्रमा अभिनय गर्नुभएको छ भने केही चलचित्रमा लिड एक्टर भएर पनि काम गर्नुभएको छ । यसका अतिरिक्त उहाँ राम्रो सिंगर र म्युजिसियन पनि हुनुहुन्छ । उहाँको पूरा नाम करुणानिधि सेथु हो ।

साउथका प्रसिद्ध कमेडियनमा अर्को नाम आउँछ भेटरन एक्टर गौंडामनी उर्फ सुब्रमणि करूपैøयाको । उहाँको ‘कमिक टाइमिंग’ले निकै चर्चा पाएको थियो । उहाँले तमिल चलचित्रका अर्का कमेडियन सेन्थिलसँग मिलेर धेरै चलचित्रमा काम गर्नुभयो । दुवैको जोडी तमिल चलचित्रमा ‘लारेल एण्ड हार्डी’को नामले प्रसिद्ध छ ।

त्यस्तै, साउथ कमेडियनमा चिरपरिचित नाम हो रघु बाबु । उहाँका पिता गिरी बाबु साउथ चलचित्रमा प्रसिद्ध हुनुहुन्थ्यो । रघु बाबुले तेलुगु चलचित्रका लागि नन्दी अवार्ड पनि चुम्नुभएको छ । उहाँ चलचित्र निर्देशनका रूपमा पनि आउनुभएको छ ।

साउथमा तेलुगु चलचित्र इण्डष्ट्रीका प्रसिद्ध कमेडियन एक्टरमा सुमार जयप्रकाश रेड्डी अफ्नो भर्सटाइल एक्टिङका लागि चिरपरिचित हुनुहुन्छ । उहाँले धेरै कमेडी जेनरका चलचित्रमा काम गर्नुभएको छ । जयप्रकाशले तेलुगु चलचित्रमा कमेडीसँगसँगै भिलेनको भूमिका पनि निभाउनुभएको छ ।

त्यस्तै, साउथको कमेडियनमा अग्रस्थानमा आउने नाम हो संथानम । उहाँले आफ्नो करियरको सुरुवात टिभी आर्टिष्टका रूपमा गर्नुभएको थियो । छोटो समयमै साउथ चलचित्रमा आफ्नो नाम चिरपरिचित गराउन सफल मानिनुहुन्छ संथानम । साउथ चलचित्रको कमेडियनमा चिरपिरचित अर्को नाम हो विवेक । उहाँ कमेडियनसँगसँगै टिभी पर्सनालिटी, प्लेब्याक सिंगर र एक्टिभिष्ट पनि हुनुहुन्छ । उहाँले चलचित्र रन, सामी र पेराझागनबाट फिल्मफेयर बेस्ट कमेडियन अवार्ड्स पनि चुम्नुभएको छ । भारत सरकारले उहाँलाई पद्मश्री पनि प्रदान गरेको छ भने सत्यभामा युनिभर्सिटीले डक्टरेटको उपाधि दिएको छ ।

यसैगरी, साउथका अर्का पपुलर कमेडियन हुनुहुन्छ जनगराज । उहाँ खासगरी तेलुगु चलचित्रको कमेडियन एक्टर हुनुहुन्छ । उहाँले धेरै तमिल चलचित्रमा गौंडामनी र सेंथिललाई टक्कर दिनुभएको छ । उहाँले अहिलेसम्म एक सयभन्दा धेरै तमिल चलचित्रमा कमेडियन र सपोर्टिङ एक्टर भएर काम गर्नुभएको छ । जनगराज उहाँको बेग्लै खालको आवाजका लागि प्रसिद्ध हुनुहुन्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?