काठमाडौं । भारत सरकारले गत मेदेखि स्टिल निर्यातमा लगाएको कर हटाएको छ । त्यहाँको अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै स्टिलका विभिन्न वस्तुको निर्यातमा लगाएको कर हटाएको जनाएको हो ।
भारतीय आन्तरिक बजारमा महँगी बढेको भन्दै स्टिलका विभिन्न उत्पादित वस्तु तथा कच्चा पदार्थ निर्यातमा कर बढाएर ५० प्रतिशतसम्म पुर्याएको थियो । तर, पछिल्लो समय व्यापार घाटा बढ्दै गएपछि भारतले निर्यात बढाउन कर हटाएको हो । स्टिल वर, वायर रडलगायत निर्यातमा लगाएको कर पनि हटेको छ ।
वायर रड निर्यातमा १५ प्रतिशत कर लागेपछि नेपालका स्टिल उद्योग प्रभावित भएका थिए । भारतबाट वायर रड आयात गरी नेपालमा जिआई पाइप, तार, किला काँटा उत्पादन गर्दै आएका उद्योगले उत्पादन लागत बढेको गुनासो गर्दै आएका थिए ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका