७५२ स्थानीय तहमा बैंक शाखा

Read Time = 2 mins

काठमाडौं । बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुुरु भएसँगै २०७९ असोजसम्म कुल दुई सय ४७ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्, जसमध्ये एक सय ७९ संस्थाको इजाजत खारेज हुन गई ६८ संस्था कायम भएका छन् । त्यस्तै कुल सात सय ५३ स्थानीय तहमध्ये २०७९ असोजसम्म सात सय ५२ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । २०७८ असोजसम्म सात सय ५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका थिए ।

केन्द्रीय बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या २०७९ असोज मसान्तमा एक सय २५ रहेको छ । जसमध्ये २६ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६४ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक रहेका छन् । बैंक तथा वित्तीय संस्था शाखा संख्या २०७९ असार मसान्तमा ११ हजार पाँच सय २८ रहेकोमा २०७९ असोज मसान्तमा ११ हजार छ सय नौ पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको वित्तीय विवरणमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?