एसियन पेन्ट्सलाई तीन लाख जरिवाना

Read Time = 1 min

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एसियन पेन्ट्सलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । अनुगमनका क्रममा म्याद नाघेका र रिलेबलिङ गरेका पेन्ट्स भेटिएपछि दुईवटा गोदाममा रहेका पेन्ट्स जफत गरेर विभागले कारबाही अघि बढाएको थियो । सोही क्रममा तीन लाख रुपैयाँ जरिवाना गरेको हो ।

विभागका अनुसार अनुगमनका क्रममा ३८ लाख १६ हजार चार २५ रुपैयाँ बराबरका म्याद नाघेको र रि-लेबलिङ गरिएका पेन्ट्सका डब्बा भेटिएका थिए । एसियन पेन्ट्सकै गोदाममा म्याद नाघेका पेन्ट्स राख्ने अभिक इम्पेक्सलाई पनि विभागले तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।

विभागले कात्तिक १८ गते काठमाडौंको सतुंगल र बालकुमारीमा रहेको एसियन पेन्ट्सको गोदाममा छापा पारेको थियो । एसियन पेन्ट्सले एक करोड २० लाख ७१ हजार रुपैयाँ बराबरको पेन्ट्स नष्ट गर्ने प्रतिबद्धता जनाएको विभागले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?