चौंरी तथा याक प्रवद्र्धनका लागि स्वीस परियोजना

Read Time = 4 mins

काठमाडौं । सोलुखुम्बुका याक तथा चौंरी को उत्पादन प्याकेजिङ र बजारीकरण कार्यक्रम सञ्चालन गर्न स्वीस सरकारको सहयोगमा सहज च्यालेन्ज फण्ड राउण्ड २ सँग सहकार्य हुने भएको छ । स्वीस सरकारको सहयोगमा प्रदेश १ अन्तर्गत सञ्चालित नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडिपी)ले उक्त कार्यक्रममार्फत् सोलुखुम्बु जिल्लास्तरीय याक तथा चौंरी उपज संकलन, प्याकेजिङ र बजारीकरणका लागि कार्यक्रम सञ्चालन गर्न याक तथा चौंरी व्यवसायी संघ नेपाल सोलुखुम्बुको प्रस्ताव अन्तिम छनोटमा परेको हो ।

सो क्षेत्रको दुग्धजन्य वस्तुको प्याकेजिङ र बजारीकरणमा नवीनतम खोजी गर्ने क्रममा प्रदेशभित्र दुग्धजन्य उत्पादनमा संलग्न संघसंस्था र फर्ममार्फत् नवीन सोचसहित प्रस्ताव आहृवान गरिएको थियो । प्राप्त एक सय ५० प्रस्तावबाट उत्कृष्ट नवीनतम सोचसहितको १० प्रस्तावभित्र संघको प्रस्ताव छनोटमा परेको बताइएको छ ।

जिल्लाका सम्पूर्ण कृषकद्वारा उत्पादित घिउ र छुर्पी याक तथा चौंरी व्यवसायी संघले संकलन गरी ब्राण्डिङसहित जिल्लाका विभिन्न स्थानमा कोशेली घर सञ्चालनमा ल्याउने योजना रहेको छ ।

विश्वको उच्च पर्वतीय क्षेत्रमा औषधिजन्य वनस्पति सेवन गरी उत्पादन भइरहेको याक र चांैरीको नौनी र छुर्पीको संकलन, प्याकेजिङ र बजारीकरणका लागि सहज च्यालेन्जमार्फत् संघले विविध क्षेत्रमा सहयोग प्राप्त गर्नेछ । हिमाली क्षेत्रको पुख्र्याैली तथा बहुउपयोगी याक र चौंरीपालन पेशा पुस्तान्तरणसँगै संकटमा रहेको सन्दर्भमा कृषकको उत्पादनलाई उपयुक्त मूल्यसहित जिल्लाको एक कोशेलीका रूपमा ब्राण्डिङ गरिने संघले जनाएको छ ।

कार्यक्रममार्फत् जिल्लाभरिका याक तथा चौंरी कृषकको मागमा आधारित रहेर नौनी घिउ प्रशोधनका लागि हाते मेसिन वितरण, दुग्धजन्य वस्तुको उत्पादनमा सरसफाइसम्बन्धी तालिम सञ्चालन, इतिहासमा पहिलोपटक याक र चांैरीबाट उत्पादन हुने नौनी, छुर्पी र सुर्माको औषधीय गुण पत्ता लगाई दस्तावेज तयार गर्न अनुसन्धान गरिने भएको छ ।

साथै जिल्लाका सम्पूर्ण कृषकद्वारा उत्पादित घिउ र छुर्पी याक तथा चांैरी व्यवसायी संघले संकलन गरी ब्राण्डिङसहित जिल्लाका विभिन्न स्थानमा कोशेली घर सञ्चालनमा ल्याउने योजना रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?