बाजुरा । बाजुरामा अनेरास्ववियुका नेताको हत्या गरिएको छ । आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या गरिएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट गम्भीर घाइते हुनुभएका अयडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ । दिउँसो वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर अयडीमाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ ।
अयडी नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हो । अयडीको पारिवारिक स्रोतले घरबाट झिकेर बीभत्स ढंगबाट हत्या गरिएको बताएका छन् ।
आइतबार नै मतदानमा भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र अयडीको मृत्यु भएको थियो । गोली लागि मृत्यु भएका अयडी नेपाली कांग्रेसका कार्यकर्ता हुन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका