यहाँ चार्वाकहरू जितिरहेका छन्, पाण्डवहरू हारिरहेका छन्

Read Time = 18 mins

✍️ मणि शर्मा
आमनिर्वाचन पनि समाप्त भयो । यसको फलाफल जे जस्तो आए तापनि यस निर्वाचनबाट नेताहरू जित्नेछन् तर मुलुक हार्नेछ । यहाँ अवस्था परिवर्तन गरेरमात्र हुँदैन । नयाँ चुनिएर आउने नवधनपति बन्नेछन् र पुराना चुनिएकाहरूको धनमा श्रीवृद्धि हुनेछ । वैदेशिक ऋण २२ अर्बबाट बढेर ४० अर्बसम्म आगामी पाँच वर्षमा पुग्नेछ । जनता ऋणको साङ्लोमा बाँधिएर गरिबीको पीडा भोग्न बाध्य हुनेछन्, युवाहरूको विदेश पलायन झन झन बढ्नेछ । यो निर्वाचनले नेपाली आकाशमा कतै आशाको बादल देखिएको छ्रैन । परिणाम आओस्, केही असल चरित्रका नेताहरूको आगमन पनि हुन सक्छ तर उनीहरूको अरण्य रोदन अरण्यभित्रै प्रतिध्वनित भएर उनीहरूतिर नै फर्कने छ ।

हाम्रो राष्ट्रको मौलिकता फर्काउने जिम्मा लिएका राप्रपाले केही सिट त ल्याउला तर ऊ भोलि गएर एमालेको पुच्छर त बन्ने होइन ? पर्सामा उसले उठाएको एकजना उम्मेदवार भारतीय नागरिक भएको कुरा मिडियामा आइरहेको थियो । किन राप्रपाले भारतीय नागरिकतासमेत भएको व्यक्तिलाई आफ्नो पार्टीको उम्मेदवार छान्ने बाध्यता आइप¥यो खुलाएको छैन । भाजपाका वरिष्ठ नेता सुब्रमन्हिम स्वामीले ट्वीट गर्दै चुनाव अगाडि नै लेखेका थिए चितवनबाट उठेका राप्रपाका उम्मेदवार रविन्द्र अधिकारी यो चुनावबाट एमपी बन्ने निश्चित छ ? कसरी उनले उनको जितलाई सुनिश्चित गरेका छन् ? कतै राप्रपाको लगाम राष्ट्रिय स्वयं सेवक संघको हातमा त गइसकेको छैन ?

चार्वाक दर्शन एउटा भौतिकवादी नास्तिक दर्शन हो जो वेदलाई मान्दैन । वेद विरोधी दर्शन छ प्रकारका छन् । चार्वाक, माध्यमिक, योगाचार, सौत्रान्तिक, वैभाषिक र आर्हत । भोगवाद नै नास्तिकता हो । चरम स्वार्थपरायण मानसिकता र ऐयाशी नै नास्तिक हुनुको लक्षण हो ।

अखण्ड भारतको लक्ष्य लिएर अगाडि बढेको राष्ट्रिय स्वयं सेवक संघको अखण्ड भारतमा नेपाल पनि पर्छ ? राप्रपाले जनता सामु यसको स्पष्टीकरण दिनुपर्छ । हिन्दू राष्ट्रको लक्ष्य लिएको भाजपाले संसद र विधान सभामा योगी, सन्यासीहरूलाई समेत महत्व दिएको छ । योगी आदित्यनाथ त उत्तर प्रदेशको मुख्यमन्त्री नै छन् र उनलाई भावी प्रधानमन्त्रीको रूपमा भारतमा लिइएको पनि छ तर राप्रपाले यस्ता व्यक्तिहरूलाई आम निर्वाचनमा उपेक्षा गरेको छ । एकजनालाई मात्र समानुपातिकमा राखेको छ, त्यो पनि पुछारमा, जो सांसद हुनै कुनै मौका पाउने छैनन् । जबकि निर्वाचनका बेला अनेकौं साधु, सन्त, महन्तहरूले जनतासँग राप्रपालाई भोट दिन आग्रह गरिरहेका थिए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले थोरै सांसद जिते पनि संसदबाटै हिन्दू राष्ट्र तथा संवैधानिक राजतन्त्रको पुनःस्थापना गर्ने भनेका छन्, जो एउटा दिवास्वप्नमात्र हो । मनको लड्डु घ्यूसँग खाने सपना देखेका छन् उनले । राप्रपाले लिएको लक्ष्य पूरा गर्न खण्ड खण्डमा रहेका राप्रपाको सिद्धान्तसँग मिल्ने सक्कली दल तथा संगठनहरूसँग कार्यगत एकता गरेर बृहत् जनआन्दोलनबाटै यो व्यवस्था परिवर्तन गर्न राप्रपा लाग्नुपर्छ । राप्रपाका नेताहरूले व्यक्तिगत स्वार्थलाई परित्याग नगरे उनीहरूको सपना बालुवाको घर जस्तै हुनेछ । यदि राप्रपाले आफ्नो नीति त्याग नगरे नास्तिकवादी चार्वाकको सिद्धान्त बोकेकाहरूले नेपाललाई बर्बाद गर्नेछन् । चुनावको बेलामा रामनामी ओढ्ने यी चार्वाक सिद्धान्तवादी बाघको छाला ओढ्ने स्यालहरू हुन् । दुष्ट्याइँबाहेक यिनीहरूको मनमा अरू केही छैन ।

सामान्यतः जुन व्यक्ति ईश्वर, परलोक र कर्मफलको नियमहरू माथि विश्वास गर्दैनन्, उनीहरूलाई नास्तिक भनिन्छ तर नेपालका गणतन्त्रवादीहरू नास्तिक छन् । जो मानिस वा नेता वा शासक निरंकुश भएर केवल आफ्नो र आफ्ना सन्ततिहरूको भौतिक सुख, सुविधा र स्वार्थ साधनमा लागिरहन्छन् तिनीहरू नास्तिक हुन् । यस्ता मानिस, नेता वा शासकवर्ग सबै मर्यादा, परम्परा, नियम, कानुन र लोकलज्जालाई वास्ता गर्दैनन्, बरू देश र समाज नष्ट भएर जाओस् । यस्ता व्यक्ति, नेता वा शासकवर्ग नास्तिक हुन् ।

चार्वाक दर्शन एउटा भौतिकवादी नास्तिक दर्शन हो जो वेदलाई मान्दैन । वेदविरोधी दर्शन छ प्रकारका छन् । चार्वाक, माध्यमिक, योगाचार, सौत्रान्तिक, वैभाषिक र आर्हत । भोगवाद नै नास्तिकता हो । चरम स्वार्थपरायण मानसिकता र ऐयाशी नै नास्तिक हुनुको लक्षण हो । चाहे यस्ता मानिस सनातन धर्मविरोधीमात्र भएर ख्रिष्टान धर्मका अनुयायी नै किन नहोऊन् । चार्वाकले भनेका छन् –न स्वर्गो नापवर्गे वा नैवात्मा पार्लौकिक । नैव वर्नाश्रमादीनाम क्रियश्चफल्देयिका ।। न कुनै स्वर्ग छ न त्यस जस्तो कुनै लोक छ न आत्मा नै पारलौकिक वस्तु हो र आफूले गरेका राम्रा नराम्रा कामहरूको पनि कुनै फल पाइँदैन ।

यावत् जीवेत् सुखं जीवेत् ऋणं कृत्वा घृर्त पीवेत्, भष्मीभूतस्य देहस्य पुनरागमन कुतः । जबसम्म बाच्छौ सुखसँग बाँच, ऋण लिएर भए पनि घ्यू खाऊ, शरीर भष्म भएपछि त्यो फेरि कहाँ फर्केर आउँछ र ? पीत्वा पीत्वा पुनः पीत्वा यावतपतति भूतले । पुनरुध्याय वै पीत्वा पुनर्जन्म न विद्यते । खाऊ खाऊ निकै रक्सी खाऊ, यहाँसम्मको खाएर भूइँमा लडिहाल र होशमा आएपछि फेरि खाऊ किनकि फेरि जन्म हुनेवाला छैन । वेद शास्त्र पुराणानि सामान्य गणिका इव । मातृयोनि परित्यज्य विहरेत सर्व योनिषु ।। वेद र सबै पुराणहरू सामान्य वेश्या सरह हुन्, तिमी केवल आफ्नी आमाबाहेक सबैसँग यौनसम्बन्ध राख्न सक्छौ । हाम्रा नेताहरू चार्वाकका सन्तान हुन् । चार्वाकको सिद्धान्तसँग उनीहरूको सिद्धान्त हुबहु मिल्छ ।

सक्कली नास्तिक प्राणी नेताहरूमा बग्रेल्ती पाइन्छ जसमा अनेक प्राणीहरूका गुण पाइन्छन् । यिनीहरू छेपारो जस्तै रंग बदल्न सिपालु हुन्छन्, ब्वाँसा जस्तो चालबाज हुन्छन्, कुकुरहरू जस्तै आफ्नै मान्छेलाई टोक्न आउँछन् वा भुक्छन्, अजिंगर जस्तै अर्काको माल हड्प्ने हुन्छन् र सर्प जस्तै धोका दिएर डस्ने हुन्छन् । यी सबै गुण हाम्रा सनातन धर्मविरोधी नेताहरूमा पाइन्छन् । रामनामी ओढेर यस्ता मान्छे वा नेताहरू ढोंग र पाखण्ड गर्न सिपालु हुन्छन् ।

आफ्नो स्वार्थका लागि यिनीहरू सबै धर्मलाई मान्ने देखाउँछन् । मन्दिर जाँदा हिन्दू बन्छन्, गुम्बामा जाँदा बौद्ध, मस्जिद जाँदा मुसलमान र चर्चमा जाँदा ख्रिष्टान बन्न यिनीहरू सिपालु हुन्छन् तर यिनीहरूलाई स्वधर्म वा आफ्ना पुर्खाले मान्दैआएको धर्मप्रति कुनै रुचि हुँदैन । जो आफ्नो स्वधर्मको हुन सक्दैन ऊ अन्य धर्मको कसरी हुन सक्छ ? धर्म बेच्नेहरूले देश बेच्न बेर लगाउँदैनन । त्यसैले सनातन धर्म सापेक्ष राष्ट्र र यसको संरक्षक संस्थाको पुनःस्थापनाका लागि बृहत् एकता गरी राप्रपा जनआन्दोलनको बाटोतिर लाग्नुपर्छ ।

चार्वाक कति दुष्ट थिए महाभारतको कथा पढ्दा ज्ञात हुन्छ । उनी भगवान श्रीकृष्ण पाण्डवतिर लागेको देखेर कौरवतिर लागे र दुर्योधनको विश्वासपात्र बने । जब युद्धमा दुर्योधन ढले, उनले चार्वाकलाई सम्झे र अश्वत्थामालाई प्रधान सेनापतिको जिम्मा दिए । महाभारतको युद्ध सकियो । पाण्डवहरू हस्तिनापुर प्रवेश गर्न लागे तर चार्वाकको मनमा कौरवप्रतिको सहानुभूतिले उनको मनमा दुष्ट बुद्धि पलायो । जब युधिष्ठिरको राज्यारोहणको घडी आयो तब दुर्योधनका मित्र चार्वाक त्यहाँ पुगे ।

महाभारतको युद्ध न्याय र अन्यायको बीचको, धर्म र अधर्म बीचको, नास्तिकवाद र आस्तिकवादबीचको युद्ध थियो । पाण्डवहरूले श्रीकृष्णलाई ईश्वरको रूपमा मानेका थिए तर दुर्योधनले एउटा छल गर्ने मायावी पुरुषको रूपमा । शायद चार्वाकको संगतले दुर्योधन पनि नास्तिकवादको समर्थक भएका थिए, दुष्ट बुद्धिको । कौरवहरूको अन्त्यपछि युधिष्ठिरको राज्याभिषेकमा चार्वाक पनि आए । महाभारतको युद्ध समाप्तिपछि युधिष्ठिरमा मानसिक अवसाद छायो । यत्रा भाइ, बन्धुबान्धव, मित्र, गुरुजनको संहारपछि व्यथित युधिष्ठिरले सन्यास लिन खोजे तर भाइहरू, श्रीकृष्ण र वेदव्यासले सम्झाएपछि उनी राजा बन्न तयार भए तर दुष्टले दुष्ट्याइँ गर्न कहाँ छोड्छ र ?

ठीक ऐन समयमा चार्वाक त्यहाँ आइपुगे । युधिष्ठिरलाई षोडषोपचारसहित पूजा आदि गरी द्वारमा स्वागत गरिन्छ । युधिष्ठिर महलमा प्रवेष गरिसकेपछि बाहिर मंगलद्रव्यहरू लिए उभिइरहेका ब्राहृमणहरूलाई स्वागत गर्न बाहिर निस्कन्छन् । त्यहाँ चार्वाक पनि ब्राहृमण भेषमा हातमा अक्षमाला, मस्तकमा शिखा, त्रिदण्ड धारण गरेर उभिएका थिए ।

महाभारतको युद्ध न्याय र अन्यायको बीचको, धर्म र अधर्म बीचको, नास्तिकवाद र आस्तिकवादबीचको युद्ध थियो । पाण्डवहरूले श्रीकृष्णलाई ईश्वरको रूपमा मानेका थिए तर दुर्योधनले एउटा छल गर्ने मायावी पुरुषको रूपमा । शायद चार्वाकको संगतले दुर्योधन पनि नास्तिकवादको समर्थक भएका थिए ।

उनीले निर्भय भएर युधिष्ठिरलाई भने-वृतः सर्वैस्तथा विप्रैराशीर्वाद विवाभिः । परः सहनै राजेन्द्रतपोनियमसंवृतः ।। स दुष्टः पापमाशंसुः पाण्डवानां महात्मनाम् । अनामन्त्रैव्य तान् विप्रांस्तमुवाच महीपतिम् ।। तपस्या र नियममा लागिराख्ने र आशीर्वाद दिन इच्छुक ती समस्त ब्राहृमणहरूलाई जसको संख्या हजारभन्दा बढी थियो घेरिएको त्यो दुष्ट राक्षस महात्मा पाण्डवहरूको विनाश चाहन्थ्यो । उसले अन्य ब्राहृमणहरूबाट अनुमति न लिइकन युधिष्ठिरलाई भन्यो-इमे प्राहुर्दिवजाः सर्वे समारोप्यवचो मयि । धिग भवन्तं कुनृपति शातिघातिनमस्तु वै ।।

राजन-यी सबै ब्राहृमण ममाथि आफ्ना कुराहरू राख्ने भारी राखेर मद्वारा नै तिमीलाई भनिराखेका छन्, हे कुन्तीनन्दन, तिमी आफ्ना भाइबन्धुहरूको वध गर्ने एउटा दुष्ट राजा हौ । तिमीलाई धिक्कार छ । यस्ता पुरुषलाई जीवनबाट के लाभ ? यसरी आफ्ना बन्धुबान्धव, गुरुजनहरूको हत्या गरेर बाँच्नुभन्दा तिमी मर्नु नै बेस हो, जीवित रहनु होइन । यो सुनेर युधिष्ठिर ब्राहृमणहरूको अगाडि कर जोडी आफूलाई नधिक्कार्न अनुरोध गर्छन् । ब्राहृमणहरूले भन्छन्, धर्मात्मा, योदुर्योधनको मित्र चार्वाक नामक राक्षस हो, जो सन्यासीको रूपमा यहाँ आएर उसको हित गर्न चाहन्छ । हामी हजुरलाई केही भन्दैनौँ, हजुरको यसले भय दूर हुनपर्छ । हामी आशीर्वाद दिन्छौँ, भाइहरू सहित हजुरको कल्याण प्राप्ति होस् ।

त्यसपछि ती शुद्धात्मा ब्राहृमणहरूले त्यो राक्षसलाई बेस्सरी झारे, आफ्ना हुंकारबाट त्यसलाई नष्ट गरिदिए र ब्रहृमवादी महात्माहरूको तेजले त्यो राक्षस दग्ध भएर लड्यो, मानौँ इन्द्रको बज्रले जलेर कुनै अंकरयुक्त वृक्ष धाराशायी भयो । यसरी चार्वाकको अन्त्य भयो । मौन अवधिमा देशैभरि पैसाको खोला बगाएको घटना हामी सामु छ । आमनिर्र्वाचन नभएर यो मत किनेर जित्ने मेला पो हो । मत किनेर पनि जित्नेमा आशंका भए धाँधली गरेर जित्नका लागि आमनिर्वाचनको नाटक मञ्चन गरिन्छ यहाँ । यहाँ धर्मको होइन अधर्मको जित भइरहेको छ । चार्वाकहरू जितिरहेका छन्, पाण्डवहरू हारिरहेका छन् ।

महाभारतको युद्ध अधर्म र धर्म तथा नास्तिक र आस्तिकबीचको युद्ध थियो जसमा धर्म र आस्तिकवादीको जित भयो । सनातन धर्मविरोधी चार्वाकहरू विरुद्ध निर्वाचन होइन कि जनआन्दोलनको धर्मयुद्धबाट पराजित गरेर धर्मराष्ट्रको स्थापना गर्नुपर्छ । चार्वाकहरू आफ्नो अन्त्यका बेला कुनै न कुनै दुष्ट्याइँ गर्ने छन् तर धर्मको पराक्रमले तिनीहरू भष्म भएर जानेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?