बैतडी । बैतडीमा प्रहरी बोकेको जीप सोमबार बिहान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका-४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।
बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार दुर्घटनामा परेर जीपमा सवार चार जना प्रहरीको मृत्यु भएको हो । उनीहरुको सनाखत हुन बाँकी रहेको छ ।
जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्कदै गरेको प्रहरी टोली सवार जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी नौ जना घाइते भएका छन् । घाइतेको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बोलाइएको बैतडीका प्रजिअ पन्थीले बताउनुभयो ।
जीपमा १२ प्रहरी र एक चालक गरी १३ जना सवार थिए । जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर पाटन फर्कंदै गरेको प्रहरी टोली सवार जीप सोमबार बिहान ७ बजे दुर्घटनामा परेको हो । जीप सडकबाट करिब तीन सय मिटर तल खोलामा खसेको थियो । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका