म्याग्दीको दुर्गम गुर्जा र बगरको मतपेटिका सदरमुकाम बेनी ल्याइँदै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins
A A- A+

म्याग्दी । म्याग्दीको अत्यन्त दुर्गम मतदान केन्द्र धवलागिरि गाउँपालिका १ गुर्जा र ४ नम्बर वडा मुदीको बगरा मतदान केन्द्रका मतपेटिका आज विहान पैदलमार्ग हुँदै सदरमुकाम बेनीमा ल्याइँदै छ ।

ती मतपेटिकाहरू बेनीमा ल्याए पछि मात्र आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतपेटिका मतगणना म्याग्दीमा सोमबार (आज) रातीबाट सुरु हुने भएको छ । गुर्जा र बगराको मतपेटिका बेनी ल्याउन ९ घण्टा लाग्छ ।

गूर्जाबाट विहानै कडा सुरक्षाका बिच मतदान अधिकृत सहितको टोली मतपेटिका पैदलमार्ग हुदै सदरमुकाम बेनीतर्फ प्रस्थान गरेका सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो ।

आइतबार मतदान सकिएपछि रातको समयमा मतपेटिकाको सुरक्षा र भौगोलिक कठिनाईका कारण सोमबार बिहानै प्रस्थान गरेको गूर्जाका निर्वाचन अधिकृत अमृत सुबेदीले बताउनुभयो ।

उहाँका अनुसार लुलाङसम्म पदैल र त्यहाँ तयारी अवस्थामा रहेको सवारीसाधनबाट सदरमुकाम बेनी ल्याइनेछ । दुवै मतदान केन्द्रबाट हिडेको टोली सोमबार साँझसम्म सदरमुकाम बेनी आइपुग्ने र सोमबार साझँदेखि नै मतगणना हुने बताइएको छ ।

जिल्लाका अन्य ८० वटा मतदानस्थलबाट मतपेटिक भने सदरमुकाम बेनीस्थित जिल्ला समन्वय समितमा रहेको मतगणनास्थलमा आइपुगेको छ ।

गुर्जा र बगराको बाहेक अन्य सवै मतदान केन्द्रका मतपेटिका आइतबार राती मतगणना स्थलमा आइपुगेको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको सभाहलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाका लागि आवश्यक तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?