Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

देवचुलीमा मतदान जारी

फाईल फाेटाे

रासस
Read Time = 3 mins
A A- A+

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका-४ मा मतदान जारी रहेको छ ।

आइतबार सो वडाको शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो । नवलपुरका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज साँझ ५ बजेसम्म मतदान जारी हुने बताउनुभयो ।

स्थगित मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान सम्पन्न भएपछि आज साँझबाटै क्षेत्र नं १ को मतगणना गरिने उहाँले बताउनुभयो । सो मतदान केन्द्रमा नौ सय ८० मतदाता रहेका थिए ।

नवलपुरमा ६६ प्रतिशत मतदान

दुईवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा करिब ६६ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालकाअनुसार जिल्लाका दुवै क्षेत्रमा गरी ६६ दशमलब ४९ प्रतिशत मतदान भएको हो । जिल्लामा ९६ हजार छ सय ८० महिला तथा ७६ हजार पाँच सय पुरुष र एकजना तेस्रोलिङ्गी मतदातासहित एक लाख ७३ हजार एक सय ८१ मतदाताले मतदान गरेका उहाँले बताउनुभयो ।

जिल्लाका एक सय १३ मतदानस्थलका तीन सय दुई मतदान केन्द्रमध्ये तीन सय एक मतदान केन्द्रमा आइतबार शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । दुईवटा प्रतिनिधिसभा तथा चारवटा प्रदेशसभा निर्वाचन रहेको जिल्लामा कूल दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन् ।

क्षेत्र नं २ मा मतगणनाको तयारी

नवलपुरको क्षेत्र नम्बर २ को मतगणना गर्ने तयारी गरिएको छ । मतगणना गर्ने तयारीस्वरुप अहिले सर्वदलीय बैठक जारी रहेको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत कमलराज पन्थीले जानकारी दिनुभयो । राति अबेरसम्म सबै मतदान केन्द्रका मतपेटिका मतगणनास्थल कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसमा आइपुगेपछि अहिले बिहानबाट सर्वदलीय बैठक बसिरहेको छ ।

“सदर र बदर मत, मतगणना प्रक्रियालगायत विभिन्न विषयमा छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “अबको केहीबेरमा हामीले मतगणना गर्नेर्छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?