लिमीको मतपेटिका हेलिकप्टरबाट सिमकोट पुग्यो

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ लिमीको तील, जाङ् र हल्जिको गरि तीन मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकाम सिमकोट ल्याएको छ । तीन मतदान केन्द्रको १२ वटा मतपेटिका सिमकोट ल्याइएको हो ।

यस्तै दक्षिण भेगका सर्केगाड, चंखेली, ताँजकोट र अदानचुली गाउँपालिकामा रहेका मतपेटिका अझै पुग्न सकेको छैन् । प्रदेश (ख) को सिमकोट , खार्पुनाथ र उत्तरी नाम्खा गाउँपालिका भित्र रहेका २५ वटा मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको छ ।

दक्षिण भेगका मतपेटिकाको लागि अहिले बैठक बस्ने भएको छ । दक्षिण भेगमा रहेका ३४ वटा मतपेटिका पुग्न नसकेका हुन् । त्यसका लागि अहिले बैठक बसेर हेलिकप्टरबाट ल्याउने कि पैदल भएर ल्याउने भन्ने विषयमा छलफल हुने प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुभयो ।

हुम्लामा ७६.३७ प्रतिशत खसेको हो । भने २५ हजार ९५ खसेको हो । सबै मतपेटिका सिमकोट पुगेपछि सर्वदलीय बैठक बसेर मत गणना हुने छ  ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?