रुपन्देही-२ मा सुरु भयो मतगणना

हिमालय टाइम्स
Read Time = 1 min

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ भर्खरै मतगणना सुरु भएको छ । बिहान ११ बजेदेखि मतगणना गर्ने भनिए पनि सर्वदलीय बैठक लम्बिएकाले केही ढिला सुरु भएको हो ।

निर्वाचन अधिकृतको कार्यालय रहेको बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा मतगणना सुरु भएको निर्वाचन अधिकृत उदवीर नेपालीले जानकारी दिनुभयाे । सुरुमा सरस्वती मावि बुटवल-१ र न्युलाइट मावि तिलोत्तमाको पाँच वटा मतपेटिका खोलिएको छ ।

रुपन्देही क्षेत्र नम्बर २ मा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र सत्ता गठबन्धनको समर्थनमा जनमु्क्ति पार्टीका केशवबहादुर थापा (सूर्यवंशी) उम्मेदवार हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?