बाँके १,२ र ३ मतगणना सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

-शुभाकर विश्वकर्मा

नेपालगन्ज । बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । सोमबार विहानदेखि क्षेत्र नम्बर ३ मा मगतणना सुरु भएको थियो । बाँके जिल्लाका प्रमुख निर्वाचन अधिकृत धनसिंह महराका अनुसार क्षेत्र नम्बर १ र २ मा पनि प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना सुरु भएको हो ।

त्यहाँ अहिलेसम्म ३ हजार मत गनिसकेको उहाँले बताउनुभयो । यस्तै दिउँसो १ बजेबाट बाँके १ र २ मा मतगणना सुरु भएको हो । निर्वाचन अधिकृत यामप्रसाद बाँस्कोटाले बाँके १ को मतगणना सुरु भएको जानकारी दिनुभयाे ।

मतगणना सुरु गर्नको लागि सर्वदलीय बैठक बसेर मगतणना सुरु गरिएको उहाँले बताउनु भयो । यस क्षेत्रमा तीन पालिका रहेका छन् । एउटा मतदान केन्द्रको मतगणना सकिएपछि प्रारम्भिक मतगणना सार्वजनिक गरिने उहाँको भनाइ छ ।

यस क्षेत्रमा १ लाख २१ हजार १ सय मतदाता थिए । ती मध्ये ८१ हजार मत खसेको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ को मतगणना शुरु भएको हो । यस्तै क्षेत्र नम्बर २ मा पनि मतगणना सुरु गरिएको छ । तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा यस अघि बाँके क्षेत्र नम्बर ३ मा मतगणना सुरु भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?