खनालकाे निर्वाचन क्षेत्र इलाम-१ मा मतपेटिकाबाट मतपत्र खसेपछि विवाद

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम १ मा मतपेटिकाबाट मतपत्र खसेपछि विवाद सुरु भएको छ ।

मतदान केन्द्रबाट गणनास्थलसम्म मतपेटिका लैजाने क्रममा मतपत्र खसेको थियो ।

विवाद मिलाउन अहिले छलफल चलिरहेको छ । सहमतिपछि मात्रै मतगणना सुरु हुने जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?