बुटवल । रुपन्देही क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले शुरुवाती अग्रता लिनुभएको छ । दुई हजार पाँच सय ३० मत गणना हुँदा शुक्लाले ९९५ मत प्राप्त गरेर अग्रता हासिल गर्नुभएको छ ।
शुक्लालाई कांग्रेसका प्रमोद यादवले पछ्याइरहनु भएको छ । यादवले सात सय २४ मत प्राप्त गर्दा सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव रहेका भोपेन्द्र यादवले चार सय ९३ र जसपाका ओमप्रकाश यादव गुल्जारीले ३१ मत पाउनु भएको छ ।
मुख्य निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यका अनुसार यो क्षेत्रमा एक लाख १० हजार ६ सय ५९ मतदाता रहेकामा ७० प्रतिशत मत खसेको छ । ०७४ को निर्वाचनमा कांग्रेसका प्रमोद यादव विजयी हुनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच