पर्सा क्षेत्र नं १ र २ को मतगणना सुरु

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

पर्सा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदका लागि हिजो भएको मतदानको नतिजा प्राप्त गर्न आज अपराह्न १ बजेपछि मतको गणना कार्य सुरु गरिएको छ । वीरगञ्ज महानगरपालिका–१० स्थित ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना केन्द्रमा क्षेत्र नं १ र २ को मतगणना सुरु भएको हो ।

पर्साको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा तथा प्रदेशसभा ‘१’ का लागि वीरगञ्ज महनागरपालिकाको–१६ को नगवा र ‘२’ का लागि वडा नं ३२ को चोर्नी गाउँको बुथको मत गणना भइरहेको पर्साका मुख्य निर्वाचन अधिकारी विनोदकुमार पोखरेलले जानकारी दिनुभयो ।

त्यसै क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभाको ‘१’ का लागि पर्सागढी नगरपालिका–१ र २ को मतगणना भइरहेको छ भने ‘२’ का लागि बहुदरमाई नगरपालिका–२ को मत गन्ती भइरहेको छ । ठाकुराम केन्द्रमा हाल क्षेत्र नं १ का लागि तीन स्थानमा र २ का लागि तीन स्थानमा मतगन्ती भइरहेको छ । यसलाई विस्तारै बढाउँदै लैजाने मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिनुभयो ।

उहाँले पर्साको निर्वाचन क्षेत्र नं ३ र ४ का लागि पोखरिया नगरपालिकाको जिल्ला उचाङ्गल रामदेव दास उच्च माविको मतगणना केन्द्रमा हालसम्म गन्तीको काम सुरु हुन नसकेको बताउनुभयो । दलका प्रतिनिधिको परिचयपत्र बनाउन समय लागेकाले हालसम्म गणना सुरु हुन नसेकेको पोखरेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?